पोखरामा दुर्घटनामा परेको नेपाली विमानमा दुई अमेरिकी नागरिक, दुई ग्रिनकार्डवाहक


प्रकाशित मिति : माघ ५, २०७९ बिहीबार

गत साताको अन्त्यमा नेपालमा विमान दुर्घटना हुँदा ज्यान गुमाउने ७२ जनामध्ये दुई अमेरिकी नागरिक र दुई जना ग्रिनकार्डवाहक रहेको पुष्टी भएको छ । अमेरिकी विदेश मन्त्रालयले यसको पुष्टी गरेको हो ।

दुर्घटनामा ज्यान गुमाउनेहरुका परिवारप्रति अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले बुधबार एक ब्रीफिंगमा समवेदना व्यक्त गरेका छन् । यो कठिन घडीमा नेपाललाई जसरी पनि सहयोग गर्न अमेरिका तयार रहेको उनले बताएका छन् ।

उडानमा १५ विदेशी नागरिकहरू भारत, रसिया, दक्षिण कोरिया, अर्जेन्टिना, अष्ट्रेलिया, फ्रान्स र आयरल्याण्डका व्यक्तिहरू रहेको बताइएको थियो । तर अमेरिकनहरु रहेको बताइएको थिएन । उनीहरु नेपाली मूलका अमेरिकनहरु भएका कारण नेपालको सरकारले नेपालीकै रुपमा गणना गरेको थियो ।

दुर्घटनास्थल ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले मृत्यु भएका दुई अमेरिकी र दुई जना ग्रिनकार्डवाहकको नाम बताएका छैनन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकाको टेक्सासबाट नेपाल गएकी २१ बर्षकी बन्दना सुनारको दुर्घटनामा ज्यान गएको थियो भने अमेरिकाबाट नेपाल घुम्न गएका हरि परियारको ४ जनाको परिवार दुर्घटनामा परेको थियो । त्यस्तै पोखराको हेम्जा हनुमान चोकका राजन सापकोटाले पनि अमेरिकाबाट घर जाने क्रममा ज्यान गुमाएका थिए ।

अमेरिकाको टेक्सासबाट नेपाल गएकी २१ बर्षकी बन्दना सुनार, जसको दुर्घटनामा निधन भयो ।

यति एयरलाइन्सको उडान नम्बर ६९१ आइतबार बिहान नेपालको राजधानी काठमाडौंबाट उडेको थियो । करिब १२५ माइल पश्चिमको पर्यटकीय सहर पोखरामा २५ मिनेटको यात्रा गर्नु पर्ने थियो । तर, विमान उडेको ३० मिनेटपछि र पोखराको दुई साता पुरानो विमानस्थलबाट करिब एक माइल टाढाको खोंचमा खसेको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com