युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले भने- हेलिकप्टर दुर्घटना युद्धको परिणाम


प्रकाशित मिति : माघ ४, २०७९ बुधबार

युक्रेनको राजधानी किभमा भएको हेलिकप्टर दुर्घटनापछि राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले ‘युद्धकालमा दुर्घटना’ नघट्ने बताएका छन् । यस दुर्घटनामा १४ जनाको मृत्यु भएको छ।

युक्रेनले अहिलेसम्म यो दुर्घटनामा रुसको हात रहेको दाबी नगरेपनि डाभोसमा भएको वल्र्ड इकोनोमिक फोरम (डब्ल्यूईएफ) मा जेलेन्स्कीले यो घटना युद्धको परिणाम भएको बताएका छन् ।

उक्त दुर्घटनामा युक्रेनका गृहमन्त्री डेनिस मोनास्टिरस्कीका केही सहकर्मीको मृत्यु भएको थियो । भिडियो सम्बोधन जारी गर्दै जेलेन्स्कीले आफ्ना पश्चिमी सहयोगीहरूलाई जतिसक्दो चाँडो थप हतियारहरू पठाउन अपील पनि गरे।

नेटोका प्रमुखले सोही मञ्चमा आफ्नो सम्बोधनमा युक्रेनले छिट्टै नयाँ, थप शक्तिशाली र आधुनिक हतियार पाउने बताएका छन् । जेन्स स्टोल्टनबर्गले पनि किभमा कुन हतियार पठाउने भन्ने बारे छलफल गर्न नेटो सदस्यहरूले शुक्रबार भेट्ने बताएका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बुधबार भएको हेलिकप्टर दुर्घटनामा मृत्यु भएका १४ जनामध्ये एक बालक पनि थिए । ४२ वर्षीय गृहमन्त्री डेनिस मोनास्टिरस्की रुसी आक्रमणपछि मृत्यु हुने युक्रेनका उच्च पदस्थ अधिकारी हुन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com