न्यूजिल्याण्डकी प्रधानमन्त्रीले राजीनामा दिने


प्रकाशित मिति : माघ ४, २०७९ बुधबार

न्यूजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले  आगामी महिना पद छाड्ने बताएकी छन् । ६ वर्ष ‘चुनौतीपूर्ण’ पदमा बसेपछि अबको चार वर्षसम्म योगदान गर्न बाँकी केही नरहेकाले आफूले पद छोड्ने बताएकी हुन । बिहीबार नेपियरमा पत्रकारहरूसँग कुरा गर्दै आर्डर्नले फेब्रुअरी ७ प्रधानमन्त्री कार्यालयमा आफ्नो अन्तिम दिन हुने बताइन्।

उनले आफू आगामी चुनाव नलड्ने समेत जानकारी दिएकी छन् ।

जसिन्डा आर्डर्नले फेब्रुअरी ७ सम्ममा लेबर पार्टीको नेताबाट राजीनामा दिनेछिन् । आगामी दिनमा उनको उत्तराधिकारी चयनका लागि मतदान हुँदैछ ।

यस वर्षको अक्टोबर १४ मा न्युजिल्याण्डमा आम निर्वाचन हुँदैछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आर्डर्नले केही दिनपछि आफ्नो भविष्यबारे सोच्ने बताएकी छन् । २०१७ मा, ३७ वर्षको उमेरमा प्रधानमन्त्री बनेकी उनी त्यस समयमा विश्वको सबैभन्दा कान्छी महिला राज्य प्रमुख बनिन्।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com