इराकमाथि उडेपछि अमेरिकाबाट भर्जिन एट्लान्टिकलाई १ मिलियन जरिवाना, इराकमाथि उड्न पाइन्न?


प्रकाशित मिति : माघ ४, २०७९ बुधबार

अमेरिकी यातायात विभागले ब्रिटिश एयरलाइन भर्जिन एट्लान्टिकलाई डेल्टा एयरलाइन्ससँगको साझेदारीमा इराकमाथिको आकाशमा उडेको भन्दै १ दशमलव ०५ मिलियनसम्म जरिवाना गरेको छ।

मार्च २०२० देखि अक्टोबर २०२१ सम्म अमेरिकाले अमेरिकी एयरलाइन्सहरूलाई उच्च मिलिशिया गतिविधिहरू र इराकमा बढेको तनावको कारणले कुनै पनि उचाइमा इराकमाथि उडान गर्न प्रतिबन्ध लगाएको थियो । सोही अवधिमा इराकमाथिको आकाशमा उडेको भन्दै भर्जिन एटलान्टिकलाई जरिवाना तोकिएको हो ।

भर्जिनि एटलान्टिकले सेप्टेम्बर २०२० र सेप्टेम्बर २०२१ को बीचमा इराकमाथिको आकाशमा उडानहरू गरेको अमेरिकाको यातायात विभागले बताएको छ । फेडरल एभिएसन एडमिनिस्ट्रेशनले अमेरिकी एयरलाइन्सहरूलाई त्यतीेबला यस क्षेत्रबाट बच्न भनेको थियो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

एटलान्टामा आधारित डेल्टाले भर्जिन एट्लान्टिकको ४९ प्रतिशत स्वामित्व राख्छ। एयरलाइन्ससँग कोड साझेदारी सम्झौता रहेको छ जसमा डेल्टाले केही भर्जिन एट्लान्टिक उडानहरूमा आफ्नै कोड राख्छ र सिटहरू बेच्छ, मानौं तिनीहरू डेल्टा हवाइजहाज हुन्।

बेलायत र भारत बीचको उडानहरूको महत्वपूर्ण संख्या इराकको आकाशबाट पार भएको भन्दै बाट पार भएको भन्दै अमेरिकाले बेलायतको एयरलाइन्सलाई पनि अमेरिकाको एयरलाइन्ससरह प्रतिबन्ध अन्तर्गत ल्याएको हो ।

भर्जिन एट्लान्टिकले इराकको आकाशमा ओभरफ्लाइटहरू अनजानमा भएको बताएको छ । एयरलाइनले विगतमा कोड साझेदारी उडानहरूमा अमेरिकी प्रतिबन्धहरू पालना गरेको र कोरोना महामारीले ल्याएको अवरोध र कर्मचारी अभावका कारण उल्लङ्घन भएको बताएको छ। उल्लङ्घन भएको थाहा पाएपछि एयरलाइन्सले तुरुन्तै उडान अर्को रुटबाट उडाएको बताएको छ ।

यदि भर्जिन एट्लान्टिकले एक वर्षको लागि समान उल्लङ्घनहरू नदोहोराएको खण्डमा जरिवानाको आधा अर्थात् ५ लाख २५ हजार डलर माफ हुनेछ । अमेरिकाले अझै पनि ३२ हजार फिट तल इराकको आकाशमा यात्रुवाहक विमानहरूलाई उडानमा रोक लगाउदै आएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com