वैज्ञानिकहरू मुसामा बुढ्यौली प्रक्रियालाई उल्टाउन सफल, के मानिसहरूमा पनि यो सम्भव छ?


प्रकाशित मिति : माघ ४, २०७९ बुधबार

selective closeup photo of brown guinea pig

यद्यपि धेरै मानिसहरूले युवा अवस्थालाई कायम राखिनरहने उपायलाई वर्षौंदेखि खोजेका छन् । यसै सन्दर्भमा हार्वर्ड विश्वविद्यालयका वैज्ञानिकहरूले उमेरलाई उल्टाउने रहस्य पत्ता लगाएका छन्।

सेल जर्नलमा प्रकाशित एक भर्खरको अध्ययनले मुसाहरूमा डीएनए मर्मत गरेर वैज्ञानिकहरूले उमेरलाई अगाडि र पछाडि ड्राइभ गर्न सक्षम भएको फेला पारेको छ । जसले गर्दा बुढ्यौली प्रक्रियालाई हेरफेर गर्दछ।

जोन्स हप्किन्सका स्वास्थ्य नीति विज्ञ डाक्टर मार्टी मेकरीले अहिले नयाँ अनुसन्धानले बुढ्यौली प्रक्रियालाई उल्टाउन सकिने देखाएको बताएका छन् । अर्थात, शरीरले तपाईको शरीरमा जीनको प्रतिलिपि बोक्न सक्छ जुन शारीरिक रूपमा सबै कुरामा युवा प्रतिक्रियाको लागि कोड गर्दछ ।

हार्वर्ड मेडिकल स्कूलका अनुसार १३ बर्षको एपिजेनेटिक अध्ययनबाट आनुवंशिक संरचनाहरूको पुनर्गठन र नियमनले बुढ्यौलीका प्रभावहरूलाई उल्ट्याउन सक्ने पत्ता लगाएको हो । जसमा दृष्टि बिग्रने र छालाको तन्तुहरू कमजोर हुने जस्ता बुढ्यौलीका प्रभावहरू समेत उल्टाउने समावेश छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

brown concrete building near green grass field during daytime

स्तनपायीहरूमा बुढ्यौलीको प्राथमिक चालकको रूपमा एपिजेनेटिक परिवर्तन देखाउने यो आफूहरुको पहिलो अध्ययन भएकोमा आफू विश्वस्त रहेको पेपरका वरिष्ठ लेखक, डेभिड सिन्क्लेयरले बताएका छन् । उनी हार्वर्ड मेडिकल स्कूलको ब्लाभाटनिक इन्स्टिच्युटका आनुवंशिकीका प्राध्यापक र पल एफ ग्लेन सेन्टर फर बायोलोजी अफ एजिंग रिसर्चका सह निर्देशक समेत हुन् ।

अन्वेषकहरूले परिणामहरू पछि ठूला स्तनपायी वा मानवहरूमा परीक्षण गरिनुपर्ने स्वीकार गरेका छन् । सिन्क्लेयर प्रयोगशालामा आनुवंशिकीका अनुसन्धानकर्ता सह लेखक जे ह्युन याङले पनि यो रिसर्चले बुढ्यौलीको प्रक्रियालाई हेर्ने तरिका र बुढ्यौलीसँग सम्बन्धित रोगहरूको उपचार गर्ने तरिकालाई परिवर्तन गर्ने आशा गरेको बताएका छन् ।

मुसामा हालैको हार्वर्ड प्रयोग बाहेक उमेर उल्टाउने सम्बन्धमा गरिएको अनुसन्धान धेरै परिपक्व रहेको मकरीले तर्क छ । यो रिसर्चमा उमेरलाई कम गर्न के गर्न सक्नुहुन्छ भन्ने कुराको पर्याप्त मात्रामा विवरणहरू उल्लेख गरिएको छ ।

people laughing and talking outside during daytime

डाक्टर कारा फिट्जगेराल्डल आफ्नो आगामी पुस्तकमा मानिसहरूले कसरी आफ्नो जैविक उमेर घटाएर लामो र राम्रो बाँच्न सक्छन् भन्ने कुरालाई अझ प्रस्ट पारेकी छिन् । डीएनए मेथिलेसनमा पुरस्कार विजेता अनुसन्धानका लागि चर्चित डाक्टर काराले जीन अभिव्यक्तिको नियमन जैविक र कालक्रमिक उमेर बिचको भिन्नताको अध्ययन गरिरहेकी छिन् । उनले जैविक उमेरलाई उल्टाउनको लागि पौष्टिक खाना, जडीबुटी र मसलाहरू समावेश गरेर दैनिक आहारलाई परिवर्तन गर्न सिफारिस गर्छिन् ।

अधिक साग, चुकन्दर लगायतका रंगीन तरकारीहरू, विभिन्न जडीबुटीहरू वा बेसार जस्ता वनस्पतिहरू, ग्रीन टी लगायत एकसाथ लिँदा अझ जवान चीजप्रति हाम्रो आनुवंशिक अभिव्यक्ति परिवर्तन गर्ने क्षमता हुने उनको भनाई छ । फिट्जगेराल्डले प्रोत्साहन गरेको अतिरिक्त महत्वपूर्ण परिवर्तनहरूमा मध्यम व्यायाम, तनाव कम र पर्याप्त निद्रा समावेश छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com