विपत्तिको सूचना जारी गरेको क्वान्टास विमान सुरक्षित अवतरण


प्रकाशित मिति : माघ ४, २०७९ बुधबार

मध्यआकाशमा विपत्तिको सूचना जारी गरेको अष्ट्रेलियाको ध्वजाबाहक क्वान्टास विमान सिड्नी विमानस्थलमा सुरक्षित अवतरण भएको छ । एक सय ४५ जना यात्री बोकेर न्युजिल्याण्डको अक्ल्याण्डबाट उडेको बोइङ ७३७–८०० बिना समस्या अवतरण गरेको हो ।

विमान कम्पनीका अनुसार जहाजको सम्बन्धित इञ्जिनियरले परीक्षण गर्नेछन् । मध्यआकाशमा जारी गरिएको विपत्तिको सूचनालाई विमान अवतरण हुनुपूर्व ‘सम्भावित सहयोग आवश्यक पर्ने’ सूचीमा समावेश गरिएको थियो । विमानस्थलमा चिकित्सकासहित एम्बुलेन्स सेवालाई तयारी अवस्थामा राखिएको थियो । विमान उडेको करिब दुई घण्टापछि एउटा इञ्जिनमा केही समस्या अनुभव गरिएको जानकारी दिए पनि कम्पनीले इञ्जिनमा उत्पन्न समस्याबारे खुलेर जानकारी दिएको छैन । दुई वटा इञ्जिन भएको उक्त विमान एउटाले काम नगरे अर्कोको सहयोगमा अवतरण गर्न सक्षम रहेको जनाएको छ ।

संसारको सबैभन्दा सुरक्षित एयरलाइन्सको सूचीमा क्वाण्टास रहेको छ । यो एयरलाइन्स विगत ७० वर्षदेखि कुनै घातक दुर्घटनामा परेको छैन । अष्ट्रेलियाको नागरिक उड्डयन कानुनअनुसार विपत्तिको सङ्ेकत जारी हुनुलाई ‘विमान गम्भीर खतरामा परेको र तत्काल मद्दत आवश्यक भएको’ मानिन्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com