अमेरिकाको टेक्सास विश्वविद्यालयको इन्टरनेटमा टिकटक प्रतिबन्ध


प्रकाशित मिति : माघ ३, २०७९ मंगलबार

person holding black iphone 5

अमेरिकामा अस्टिनको टेक्सास विश्वविद्यालयले आफ्नो इन्टरनेट नेटवर्कमा सोशल मिडिया प्लेटफर्म टिकटकमा पहुँच प्रतिबन्ध लगाएको छ। युनिभर्सिटीले मंगलबार आफ्नो वाईफाइ लगायत सबै प्रकारको इन्टरनेट नेटवर्कमा टिकटक खुल्न प्रतिबन्ध लगाएको विद्यार्थीहरूलाई जानकारी दिएको छ ।

टिकटकले निम्त्याउने साइबर सुरक्षा जोखिम हटाउन यो कदम चालेको युनिभर्सिटीले जनाएको छ । ५२ हजार भन्दा बढी विद्यार्थीहरूको क्याम्पसमा टिकटकको प्रतिबन्ध नयाँ कदम हो । सरकारी उपकरणमा भने अमेरिकामा संघीयस्तरमा र कैयन राज्यहरुले टिकटकको प्रयोगमा रोक लगाइसकेका छन् ।

black iphone 4 on black textile

टिकटकले चिनियाँ सरकारलाई संवेदनशील सूचनाहरू आपूर्ति गर्नसक्नेबारे अमेरिकामा सङ्घीय र राज्य स्तरमा चिन्ता बढाएको हो । विश्वविद्यालयको एथलेटिक विभागसँग टिकटक एकाउन्ट छ जसमा लगभग २ लाख ६० हजार फलोअरहरू छन्। तर नोभेम्बर देखि प्लेटफर्ममा पोस्ट गरिएको छैन।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

न्यू जर्सीका डेमोक्रेटिक गभर्नर फिल मर्फीले यस महिनाको सुरुमा राज्य उपकरणहरूमा टिकटक एप प्रतिबन्ध लगाउन आदेश दिएका छन् । अमेरिकामा कम्तिमा २४अन्य राज्यहरूले यस्तै कदम चालेका छन् ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com