यी हुन् नेपालको विमान दुर्घटनापछि भाइरल भएका केही गलत भिडियो र तस्वीरहरु


प्रकाशित मिति : माघ ३, २०७९ मंगलबार

नेपालमा आइतबारको विमान दुर्घटनापछि भाइरल भएका केही भिडियो र तस्वीरहरु गलत भएको पुष्टी भएको छ । यस्ता भिडियो र तस्वीर केही संचारमाध्यमहरुले समेत प्रकाशित गरेका थिए । एएनआई, इन्डिया टुडे, डीएनए, द इकोनोमिक टाइम्स, इन्डिया टिभी, इनसर्ट्स, मिरर नाओ लगायतका संचारमाध्यमले पनि गलत तस्वीरहरु प्रकाशित गरेका थिए ।

दुर्घटनाग्रस्त विमानको छेउमा सुरक्षाकर्मी उभिएको देखाइएको पुरानो तस्बिर पोखरामा आइतबार, १५ जनवरीमा भएको विमान दुर्घटनाको हालैको दृश्य हो भनी दाबी गर्दै सामाजिक सञ्जालमा भाइरल भएको हो । यो तस्वीर कैयनले सामाजिक सञ्जालहरुमा पनि शेयर गरेका थिए । तर यो तस्विर सन् २०१२ मा नेपालमा भएको विमान दुर्घटनाको हो ।

एशियन न्युज इन्टरनेशनलले शेयर गरेको गलत तस्वीर ।

रिभर्स तस्वीर खोजी गर्दा यो तस्वीर समाचार एजेन्सी रोयटर्सले सन् २०१२ मा नेपालमा विमान दुर्घटनाको बारेमा अपलोड गरेको फोटोहरुमा भेटिएको थियो । तस्बिरको क्याप्शनमा नेपाल प्रहरीका अधिकारीहरूले २८ सेप्टेम्बर २०१२ मा नेपालको काठमाडौंमा भएको दुर्घटनास्थलमा डोर्नियर विमानको भग्नावशेषलाई घेरेको उल्लेख थियो ।

इकोनोमिक टाइम्स र इन्डिया टुडेमा प्रकाशित गलत तस्वीरहरु ।

त्यस्तै भारतका समाचार वाचक तुषार कौशिकले अर्को गलत तस्विरलाई हिन्दीमा आइतबारको दुर्घटनाको क्याप्सन राखेर शेयर गरेका थिए । यो भाइरल तस्बिर खोज्दा सन् २०१८ को मार्च १२ मा सीएनएनमा प्रकाशित काठमाडौं एयरपोर्टमा विमान दुर्घटनामा ४९ जनाको मृत्युु शीर्षकको रिपोर्ट भेटियो । उक्त रिपोर्टमा यो भाइरल फोटो पनि थियो, जुन विमान बंगलादेशको ढाकाबाट उडेको विमानको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

तुषार कौशिकले पोष्ट गरेको गलत तस्विर

त्यस्तै अर्को भाइरल फोटो पनि गुगलमा रिभर्स इमेज खोजी गर्दा मे २०२२ फोटो भएको पुष्टी भयो । जुन हराएको तारा एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको फोटो थियो ।

सामाजिक सञ्जालमा भाइरल अर्को गलत तस्वीर ।

नेपालका पुराना र असम्बन्धित हवाइजहाजको भग्नावशेष देखाइएका यी तस्बिरहरू आइतबारको यति एयरलाइन्सको विमान दुर्घटनासँग सम्बन्धित थिएनन् ।

विमानमा आकाशमा नै आगो लागेको देखिएको यो भिडियो पनि पोखराको आइतबारको घटनाको होइन ।

त्यस्तै अर्को एउटा भिडियो क्लीप पनि सामाजिक सञ्जालमा भाइरल भएको छ, जसमा विमानमा आकाशमा नै आगो लागेको देखिएको छ । त्यस्तै अर्को एउटा भिडियो क्लीप पनि सामाजिक सञ्जालमा भाइरल भएको छ, जसमा विमानमा आकाशमा नै आगो लागेको देखिएको छ । तर उक्त भाइरल भिडियो न हालैको हो न त नेपालको हो । यो अगस्ट २०२१ को भिडियो हो, जब रुसको मस्को नजिकै परीक्षण उडानको क्रममा एउटा विमान दुर्घटनाग्रस्त भएको थियो।

आइतबारको नेपालको दुर्घटनाजस्तै गरी सामाजिक सञ्जालमा सन् १९८३ मा अमेरिकामा दुर्घटनाग्रस्त भएको विमानको तस्वीर ।

त्यस्तै अर्को तस्वीर पनि सामाजिक सञ्जालमा भाइरल भएको देखिएको छ, जुन तस्वीर नेपालको होइन । यो तस्बिर अमेरिकाको नर्थ क्यारोलिनाको हो जसमा सन् १९८३ मा दुर्घटनाग्रस्त विमान देखाइएको छ।

यो भिडियो पनि नेपालको होइन, अफगानिस्तानको हो ।

त्यस्तै अर्को एउटा भाइरल भिडियो पनि सन् २०१३ को जुनमा अफगानिस्तानमा भएको दुर्घटनाको थियो । यो अफगानिस्तानको बगराम एयर बेसमा अमेरिकी कार्गो विमान दुर्घटनाग्रस्त भएको भिडियो हो ।

सामाजिक सञ्जालमा भेटिएको अर्को गलत तस्वीर ।

त्यस्तै अर्को गलत तस्विर पनि भाइरल भएको थियो । जुन आइतबारको थिएन। सन् २०१९ को अप्रिलको थियो । जब लुक्ला विमानस्थलमा तीन जना चढेको विमान स्टेशनरी हेलिकप्टरमा ठोक्किएको थियो।

दुर्घटनाग्रस्त विमानका यात्रु सोनु जैसवालले लाइभ गरेको भाइरल भिडियो सत्य हो ?

 

 

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com