दुर्घटनाग्रस्त विमानका यात्रु सोनु जैसवालले लाइभ गरेको भाइरल भिडियो सत्य हो ?


प्रकाशित मिति : माघ २, २०७९ सोमबार

सोनु जैसवालले विमान दुर्घटना हुनुभन्दा केही बेर अघि यति एयरलाइन्सको उडान अवतरण हुँदै गर्दा गरेको भनिएको लाइभ भिडियो यतिबेला भाइरल भइरहेको छ । यो भिडियो वास्तविक भिडियो भएको विभिन्न तथ्यजाँचहरुले पुष्टी गरेका छन् ।

दुई छोरीपछि छोरा जन्माएको भन्दै भगवानलाई धन्यवाद दिन काठमाडौंको पशुपतिनाथ मन्दिरमा दर्शन गर्न गएका सोनु जैसवाल नेपालमा यति एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएका पाँच भारतीयमध्ये एक हुन् ।

तथ्यजाँज गर्ने चर्चित वेवसाइट स्नुप्सले यो भिडियोबारे तथ्यजाँच गरेको छ । र यो भिडियो सही भएको निष्कर्ष निकालेको छ ।

विमान अवतरण हुनेबेलामा जैसवालको फेसबुक प्रोफाइलमा लाइभ गरिएको उक्त भिडियो वास्तविक रहेको अमेरिकाको एनबीसी न्यूजले पनि प्रमाणित गरेको छ । जैसवालको फेसबुक प्रोफाइल उनका साथीहरुलेमात्र हेर्न मिल्नेगरी लक्ड गरिएकाले उक्त भिडियो उनका साथीबाहेकका अन्यले भने उनको प्रोफाइलमा गएर हेर्न मिल्दैन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

भिडियोमा विमान दुर्घटना हुनु अघिका अन्तिम क्षणहरू देखाइएको छ । भारतको गाजीपुर निवासी ३२ वर्षीय सोनु जैसवालले आफ्नो सिटबाट उडानको दृष्टिकोण रेकर्ड गरेका थिए ।

गाजीपुर जिल्ला मजिस्ट्रेट कार्यालयका प्रवक्ताका अनुसार जैसवाल आफ्ना तीन साथी २५ वर्षीय अनिल राजभर, २७ वर्षीय विशाल शर्मा र २६ वर्षीय अभिषेक कुशवाहासँग यात्रा गरिरहेका थिए ।

आफ्ना साथीहरूसँग यो राम्रो समय हो भनेर खुशी साट्दै उनले आफ्नो झ्यालबाट पोखराको झलक लिन खोजिरहेका थिए जब विमान अवतरणको नजिकै थियो। फिल्म खिच्दा मुस्कुराउँदै जैसवालले शान्त उडानको वरिपरि क्यामेरा प्यान गरेका थिए । जसमा कुनै समस्याको स्पष्ट संकेत थिएन।

केही क्षण पछि स्क्रिनमा आगोको ज्वाला निस्कनु अघि आतंकित यात्रुहरूको चिच्याई छोटकरीमा सुन्न सकिन्छ। भयानक भिडियोमा आगोको ज्वाला समेत देख्न सकिन्छ ।

त्यस्तै अर्का एक प्रत्यक्षदर्शीले भुईबाट खिचेको भाइरल भिडियो पनि वास्तविक भएको प्रमाणित भएको छ । यो भिडियो पनि एनबीसी न्यूजले वास्तविक भएको प्रमाणित गरेको हो । उक्त भिडियोमा विमान अचानक आकाशबाट खस्नु अघि उल्टिन पुगेको देखिन्छ ।

आफ्नो युट्युब च्यानलका लागि अनौपचारिक रूपमा विमानको छायांकन गरिरहेका दिवस बोहराले सामान्य अवतरण जस्तो देखिएको विमानको भिडियो खिचेको तर अचानक विमान उल्टिएर आकाशबाट खसेको बताएका छन् ।

नेपाल फ्याक्ट चेकले पनि जैसवालले खिचेको भिडियोको तथ्यजाँच गरेको छ, जसमा भिडियो वास्तविक भएको निष्कर्ष निकालिएको छ । त्यस्तै भारतीय मिडिया फर्स्ट इन्डियाले सोनु जैसवालकै प्रोफाइलबाट लाइभ भएको भिडियो आफ्नो फेसबुक पेजमा राखेको छ ।

सोनुका आफन्त रजत जैसवालले पनि भिडियो फेसबुकमा लाइभ भएको पुष्टि गरेका छन् ।

त्यस्तै बीबीसीले पनि सोनुले खिचेको भिडियो वास्तविक भएको समाचार प्रकाशित गरेको छ । तर उनले विमानबाट लाइभ स्ट्रिम गर्न इन्टरनेट कसरी प्रयोग गरे भन्ने खुल्न सकेको छैन। यद्यपी विमान अवतरण गर्ने बेलामा धेरै उचाईमा नहुने भएका कारण फोनको सिग्नल प्राप्त गर्न भने सकिन्छ ।

 

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com