कोभिड रोकथामका लागि बन्द भएका चीनका अन्तर्राष्ट्रिय उडान पुनः सञ्चालनमा


प्रकाशित मिति : माघ ३, २०७९ मंगलबार

कोभिड महामारी रोकथाम तथा नियन्त्रणका निम्ति प्रायः बन्द रहेका अन्तर्राष्ट्रिय उडान आजदेखि पुनः सञ्चालन भएका छन् । बन्द गरिएको बेइजिङ ड्याक्सिङ अन्तर्राष्ट्रिय विमानस्थलसँगै बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थल पनि सञ्चालनमा आएको छ ।

कोभिडका कारण करिब छ महिना सञ्चालन गरेर बन्द गरिएको नयाँ बेइजिङ ड्याक्सिङ अन्तर्राष्ट्रिय विमानस्थलको सट्टा पुरानै बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गरिएको थियो । आज बिहान नयाँ विमानस्थलबाट सिजेड् ३०९ कल साइन भएको विमान एक सयभन्दा बढी यात्री बोकेर हङकङका निम्ति उडेको छ । तीन वर्षसम्म हङकङ फर्कन नपाएका एक यात्री पनि उक्त उडानमा छन् ।

आजदेखि चाइना साउदर्न एयरलाइन्स, चाइना इस्टर्न एयरलाइन्स, क्यापिटल एयरलाइन्स, हिमालय एयरलाइन्सलगायतका धेरै वायुसेवा कम्पनीले ड्याक्सिङ विमानस्थलबाट अन्तर्राष्ट्रिय विमानस्थलबाट सेवा पुनःप्रारम्भ गरेका छन् । उक्त विमानस्थलले पर्यटन र व्यापारीक गतिविधिलाई प्रभावकारी रूपमा प्रवद्र्धन गर्न अन्तर्राष्ट्रिय उडान ट्रान्जिट सेवा र बेइजिङ–टियानजिन–हेबेई क्षेत्रमा एक सय ४४ ट्रान्जिट भिसामुक्त नीति पुनः कार्यान्वयन गरेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसैबीच चीनले कोभिड प्रतिकार्यका निम्ति आर्थिक अभाव हुन नदिने गरी आवश्यक व्यवस्था गरेको छ । कोरोनाको नयाँ चरणमा स्वास्थ्यको हेरचाह र गम्भीर प्रकृतिका बिरामीलाई सघाउन कोषको सुनिश्चिता गरिएको जनाएको छ । अर्थ मन्त्रालयले उपचार अनुदान, स्वास्थ्यकर्मीको अस्थायी भत्ता, खोप र चिकित्सा क्षमता अभिवृद्धिमा रकम निकासा हुने बताएको छ ।

काउन्टीस्तरका अस्पतालमा कोभिडका कारण गम्भीररूपमा बिरामी परेकाको उपचार, ग्रामीण क्षेत्रमा आपत्कालीन उपचारमा विनियोजित रकम खर्च गरिनेछ । मन्त्रालयका अनुसार सम्बन्धित जनस्वास्थ्य परियोजनाका लागि रकम जुटाउन ऋणपत्र जारी गर्न स्थानीय सरकारलाई सहयोग गरिनेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com