न्युयोर्कमा गम्भीर पेट दुखेर अस्पतालको इमर्जेन्सीमा गएकी महिलामा हर्बल चियाले कलेजोमा क्षतिको पुष्टी


प्रकाशित मिति : माघ ३, २०७९ मंगलबार

green ceramic mug beside book

गम्भीर पेट दुखाइको साथ अस्पतालको इमर्जेन्सीमा गएकी एउटी महिलालाई उनले पिएको हर्बल चियाले उनको कलेजोमा क्षति गरेको रिपोर्ट सार्वजनिक भएको छ । डाक्टरहरूले मेडिकल साइन्सको क्युरियस जर्नलमा जनवरी ११ मा प्रकाशित केस रिपोर्टमा ४५ बर्षीय महिलालाई पेटको माथिल्लो भागमा दुखाइ र वाकवाकी महसुस भएपछि अस्पतालमा भर्ना गरिएको थियो ।

यो जर्नल न्युयोर्कको एल्महर्स्ट हस्पीटलमा कार्यरत डाक्टरहरुको एक समुहले लेखेको हो । हैदर खान, जोनाथन भिन्सेन्ट, तासुर सीन, ब्रान्डन इरेफेज, साद अहमद सबै एल्महर्स्ट अस्पतालमा कार्यरत छन् । जसमध्ये तीनजना माउन्ट साइनाईमा पनि कार्यरत छन् ।

उनले आफ्नो इम्युन प्रणाली सुधार गर्ने कोसिस गर्न तीन दिनसम्म दैनिक हर्बल चिया पिएको जर्नलमा उल्लेख छ । रगत परीक्षणले उनको कलेजो बिग्रिदै गएको देखाएको चिकित्सकहरुले बताएका छन् ।

अमेरिकामा काम गर्ने डाक्टरहरूले हर्बल चिया कलेजो रोगको दुर्लभ तर अक्सर बेवास्ता गरिएको कारण भएको बताएका छन्। एक सर्वेक्षणले अमेरिकी वयस्कहरूको एक तिहाइ भन्दा बढीले हर्बल सप्लिमेन्टहरू प्रयोग गर्ने देखाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

रिपोर्टका अनुसार चियामा २३ वटा तत्वहरू समावेश थिए जसमा रेशी च्याउ, एलोभेरा र साइबेरियन जिनसेङ पनि थियो । चिया पिउन छोडेपछि महिला पूर्ण रूपमा निको भएको जनाइएको छ ।

clear glass cup with tea near brown ceramic teapot

ती महिला पाँच दिनसम्म अस्पतालमा भर्ना भएकी थिइन् र त्यहाँ बस्दा उनले चिया पिउन छोडिन् । तीन दिन पछि रगत परीक्षण गर्दा कलेजोको कार्यमा सुधार भएको देखिएको थियो भने उनको लक्षणहरू पनि हराएका थिए । जब उनी डिस्चार्ज भइन्, डाक्टरले उनलाई फेरि चिया पिउन सुरु नगर्न भनेका थिए ।

तीन महिनापछि महिलाको कलेजोको रगत परीक्षण गर्दा सामान्य अवस्था भएको चिकित्सकले बताएका छन् । हर्बल सामग्रीहरू अन्य औषधिहरू जस्तै रेगुलेट गरिएको हुदैन । त्यसैले साइड इफेक्टको बारेमा अनुसन्धानको सामान्यतया अभाव रहेको जर्नलमा उल्लेख छ ।

महिलाको चियामा भएका सामग्रीहरूको सन्दर्भमा नेशनल लाइब्रेरी अफ मेडिसिनले एलोभेराको मौखिक रूपहरू कलेजोको विषाक्तताको एक दर्जन केसहरूसँग जोडिएको बताएको छ। पेट दुखाइ वा छाला पहेलो हुने जस्ता लक्षणहरु सप्लीमेन्ट लिन छाडेपछि बन्द भएका छन् । कोही पनि बिरामीको मृत्यु भएको छैन । यसैबीच रेइशी च्याउले दुई व्यक्तिको कलेजोमा क्षति गरेको अनुसन्धानले देखाएको छ ।

चिकित्सकहरूले वैज्ञानिक जर्नलहरूमा केस रिपोर्टहरू प्रकाशित गर्छन् जुन असामान्य वा दुर्लभ हुन्छन् जुन बिरामीहरूलाई व्यापक अनुसन्धान नगरी आफ्ना साथीहरूलाई सूचित गर्नका लागि हुन्छ । यो रिपोर्ट लेख्ने डाक्टरहरूले अन्य चिकित्सकहरूलाई हर्बल सप्लिमेन्टहरूसँग परिचित हुन आग्रह गरेका छन् ताकि उनीहरूले आफ्ना बिरामीहरूसँग कुरा गर्न र सम्भावित साइड इफेक्टहरूबारे उनीहरूलाई शिक्षा दिन सकुन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com