क्यालिफोर्नियामा एक नरसंहारमा १७ बर्षकी आमा र एक बच्चा सहित ६ जनाको गोली हानी हत्या


प्रकाशित मिति : माघ २, २०७९ सोमबार

क्यालिफोर्नियाको एक नरसंहारमा एक बच्चा सहित ६ जनाको हत्या भएको छ । घटना सम्भवतः गिरोहसँग सम्बन्धित भएको प्रहरीले बताएको छ ।

क्यालिफोर्नियाको गोशेन सहरमा सोमबार बिहान भएको घटनामा एउटी आमा र उनको ६ महिनाको बच्चा सहित कम्तीमा छ जनाको हत्या भएको हो ।

स्थानीय समय अनुसार सोमबार बिहान साढे ३ बजे मात्र गोली चलेकोबारे खबर पाएका थिए । धेरैपटक गोली चलेकाले फोन गर्ने व्यक्तिले उक्त क्षेत्रमा सक्रिय शूटर भएको ठानेका थिए ।

घटनाबारे जानकारी दिदै प्रहरी ।

प्रहरी घटनास्थलमा पुग्दा छ जनालाई गोली लागेको फेला पारेका थिए । दुईजना सडकमा थिए भने एकजना गोली चलेको घरको ढोकामा थिए । १७ वर्षीया आमा र बच्चा दुवैको टाउकोमा गोली हानिएको थियो । पीडितमध्ये एक जनालाई अस्पताल लगिएको थियो भने पछि अस्पतालले मृत घोषित गरेको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

घटनास्थलबाट सुरक्षित ल्याइएको परिवारका सदस्यहरु समेत रहेको अनुसन्धानकर्ताहरूले बताएका छन् । तर उनीहरु कसरी बाँचेका थिए भन्नेबारे केही बताइएको छैन । कम्तीमा दुई संदिग्धहरूको खोजि भइरहेको छ ।

आक्रमण योजनावद्ध तरिकाको देखिएको र गिरोह गतिविधिसँग जोडिएको हुन सक्ने प्रहरीले बताएको छ । उक्त घरमा प्रहरीले लागुऔषधका लागि छापा मारेको एकसातापछि यो घटना भएको हो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com