न्युयोर्कको जेएफके एयरपोर्टमा डेल्टा र अमेरिकन एयरलाइन्सको विमान ठोक्किनबाट यसरी बच्यो


प्रकाशित मिति : माघ २, २०७९ सोमबार

white passenger plane on airport during daytime

शुक्रबार बेलुका न्युयोर्कको जोन अफ केनेडी एयरपोर्टमा डेल्टा र अमेरिकन एयरलाइन्सको विमान ठोक्किनबाट थोरैले मात्र बचेको जनाइएको छ । डेल्टा यात्रुले जेएफकेमा रनवेमा उड्ने क्रममा तीब्र गति लिदै गर्दा अगाडि अमेरिकन एयरलाइन्सको विमान पास भएपछि डेल्टाका पाइलटले अचानक ब्रेक लगाएर विमानले टेकअफ रद्द गर्नुपरेको थियो ।

अर्को विमान धावनमार्गमा अघि बढेपछि डेल्टाको विमानले उडान रद्द गर्नुपर्दा विमानमा रहेका यात्रुहरु डराएर चिच्याएका थिए । फेडरल एभिएसन एडमिनिस्ट्रेशनले शुक्रबार राति न्यूयोर्कको जेएफके एयरपोर्टमा डेल्टा बोइङ ७३७ र अमेरिकन एयरलाइन्स बोइङ ७७७ को सन्दर्भमा भएको घटनाको अनुसन्धान गरिरहेको बताएको छ।

डोमिनिकन रिपब्लिकको लागि उड्न लागेको डेल्टा जेटले उडान भर्न रनवेमा तीव्रता दिन थालेको दुई वा तीन सेकेन्डमा अगाडि अर्को विमान पास भएपछि पाइलटले अचानक रोकेर विमान ठोक्किनबाट बचाएका थिए । जसले गर्दा यात्रुहरू उनीहरूको सिटमा अगाडि हुत्तिएका थिए ।

American airliner on airfield during day

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अर्को विमान अगाडिबाट गुज्रिएको र टेक अफ रद्द गर्न बाध्य पारेको पाइलटले यात्रुहरुलाई जानकारी दिएका थिए । विमानलाई उडान रद्द गरेर टर्मिनलमा फर्किन एक घण्टा लागेको थियो । घटना पछि उडान रद्द गरेका यात्रुलाई डेल्टाले पूरै रकम फिर्ता दिएको थियो ।

फेडरल एभिएसन एडमिनिस्ट्रेशनले प्रारम्भिक विश्लेषणमा अमेरिकन एयरलाइन्सको उडान डेल्टाबाट लगभग १ हजार फिट रनवेमा अगाडि बढेपछि डेल्टाले उडान रोकेको देखिएको जनाएको छ । घटनामा कसैलाई चोटपटक लागेको थिएन।

डेल्टा जेटले ११५ माइल प्रतिघण्टाको गति लिएको बेला अचानक रोक्नु परेको थियो । त्यतीबेला उडानमा १४५ यात्रु र छ जना चालक दलका सदस्यहरू थिए। शनिबार बिहान प्रस्थान गर्नुअघि चालक दलका स्रोतसाधनका कारण कर्मचारीले यात्रुहरूलाई विमानबाट उतारेर रातभर बस्न दिएका थिए।

अमेरिकी एयरलाइन्सले भने लन्डनको हीथ्रो एयरपोर्टको लागि योजना अनुसार नै उडान गरेको जनाएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com