आइतबारको दुर्घटनापछि नेपालको असुरक्षित आकाशबारे अन्तर्राष्ट्रिय मिडिया के भन्छन् ?


प्रकाशित मिति : माघ १, २०७९ आईतबार

नेपालमा ७२ यात्रु बोकेको विमान दुर्घटनापछि नेपालको असुरक्षित आकाशबारे विश्वका मिडियामा चर्चा भइरहेको छ । सीएनएनले आइतबारको दुर्घटनाले विश्वको सबैभन्दा जोखिमपूर्ण उडान गर्ने देशको रुपमा चिनिने देशको हवाई यात्राको खतरालाई उजागर गरेको भन्दै समाचार प्रकाशित गरेको छ ।

प्रतिकुल मौसम, कम भिजिबिलिटी र हिमाली भूगोल जस्ता अवस्थाले नेपाललाई उड्नका लागि कुख्यात खतरनाक ठाउँको रूपमा चिनाउन सहयोग गरेको सीएनएनले रिपोर्ट प्रकाशित गरेको छ ।

त्यस्तै रोयटर्सले पहाडी नेपालमा भयानक विमान दुर्घटना हुनु सामान्य भएको भन्दै समाचार प्रकाशित गरेको छ । रोयटर्सले सन् २००० यता भएका विमान दुर्घटनाको विवरणसहित प्रकाशित गरेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

वासिंटन पोष्टले आइरतबारको दुर्घटनाबारे समाचार प्रकाशित गर्दै युरोपेली संघले सबै नेपाली एयरलाइन्सलाई आफ्नो वायु सुरक्षा सूचीमा समावेश गरेको विषय हाइलाइट गरेको छ । अधिकारीहरूले तिनीहरूलाई अन्तर्राष्ट्रिय सुरक्षा मापदण्डहरूमा स्वीकार नगर्ने र तिनीहरूलाई युरोपमा सञ्चालन गर्न निषेध गरिएको समाचार वासिंटनपोष्टमा छ ।

त्यस्तै बीबीसीले नेपालमा उड्डयन दुर्घटनाहरू असामान्य नभएको तथा दुर्गम रनवे र अचानक मौसम परिवर्तनले खतरनाक अवस्थाहरू बनाउन सक्ने उल्लेख गरेको छ । संसारका सबैभन्दा डरलाग्दा पहाडहरू भएको देश नेपालमा नेभिगेट गर्नका लागि सबैभन्दा कठिन भूभागहरू रहेको बीबीसीको रिपोर्टमा उल्लेख छ ।

त्यस्तै न्युयोर्क टाइम्सले आफ्नो रिपोर्टमा कमजोर भिजिबिलिटी, हिमाली /पहाडी भूभागमा द्रुत रूपमा परिवर्तन हुने मौसमी अवस्था र पूराना जहाजहरू नेपालमा उडानका खतराहरू भएको उल्लेख गरेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com