अन्तत १.३५ बिलियनको मेगा मिलियनले पायो विजेता, यी हुन् विजेता नम्बरहरु


प्रकाशित मिति : पुस ३०, २०७९ शनिबार

अन्तत अमेरिकामा १.३५ बिलियनको मेगा मिलियनले विजेता पाएको छ । मेन राज्यले आफ्नो पहिलो मेगा मिलियन्स ज्याकपोट जित्न सफल भएको छ । शुक्रबार १३ लाई धेरैले असुभ मानेपनि मेगा मिलियनका लागि भने शुक्रबार १३ फेरि एक पटक भाग्यशाली भएको हो ।

मेनमा एक एकल विजेताले नयाँ वर्षको धेरै खुसीयाली मनाउनेछन् । शुक्रबार राति खिचेका सबै छ वटा नम्बरहरूमध्ये ३०, ४३, ४५, ४६ र ६१ साथै मेगा बल १४ पारेका उनले अनुमानित पुरस्कार १.३५ बिलियन मध्ये एकमुष्ठ नगद लिन चाहेको खण्डमा ७२४ मिलियन प्राप्त गर्नेछन् । जुन खेलको इतिहासमा दोस्रो ठूलो ज्याकपोट हो । जसमध्ये ठूलो रकम ट्याक्समा समेत तिर्नुपर्नेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यस्तै न्युयोर्कका ४ जना, क्यालिफोर्नियाका २ जना, फ्लोरिडा, इलिनोय, कन्सास, केन्टकी, मोन्टाना, नर्थ क्यारोलिना, पेन्सिभेनिया र टेक्सासका एकएकजना गरी १४ जनाले एकएक मिलियन जितेका छन् ।

१६४ जनाले दशदश हजार डलर जितेका छन् भने ३ हजार ९ सय ७० जनाले पाँचपाँचसय जितेका छन् । ११ हजार १ सय ९८ जनाले दुईदुईसय जितेका छन् भने २ लाख ६७ हजार ७ सय ५३ जनाले सुरुका तीनवटा नम्बर मिलाएर दशदश डलर जितेका छन् । त्यस्तै सुरुका दुईवटा र मेगाबल मिलाएर दशदश डलर जित्नेहरु २ लाख ३६ हजार २ सय २९ जना रहेका छन् ।

त्यस्तै १८ लाख ७१ हजार ६ सय ५४ जनाले चारचार डलर र ४६ लाख ८१ हजार ८ सय ४९ जनाले दुईदुई डलर जितेका छन् । यसरी कुल ७० लाख ७२ हजार ५ सय ३२ जनाले २ डलरदेखिमाथि कुनै न कुनै रकम जितेका छन् ।

अब शुक्रबार १३ तारिखमा यो सहित खेलाडीहरुले ७ वटा ज्याकपटहरू जितेका छन्। यस अगाडि  जुन २००८, मे २०११, जुन २०१४ र अक्टोबर २०१७ मा १३ तारिख शुक्रबार नै मिशिगनका विजेताले ज्याकपट जितेका थिए । २०१७ को ज्याकपट रोड आइल्याण्डमा एक विजेतासँग साझेदारी गरिएको थियो।

१३ तारिख शुक्रबारका अन्य ज्याकपटहरू न्यूयोर्कका विजेताले मार्च २००९ मा र ओहायोका विजेताले नोभेम्बर २०१५ मा जितेका थिए । तथापि, तिनीहरूमध्ये कुनै पनि यस हप्ताको अन्त्यमा खोलिने अनुमानित १ दशमलव ३५ बिलियनको आकारमा थिएनन् । शुक्रबारको अनुमानित पुरस्कार भन्दा ठूलो मेगा मिलियन्स ज्याकपोट १ दशमलव ५ बिलियनको गेम रेकर्ड हो, जुन अक्टोबर २३, २०१८ मा दक्षिण क्यारोलिनामा जितिएको थियो।

मेगा मिलियन चिठ्ठा अमेरिकाका ४४ वटा राज्यहरुमा खेल्न सकिन्छ । साथै वासिंटन डिसी र युएस भर्जिन आइल्याण्डमा पनि खेल्न सकिन्छ ।

मेगा मिलियन हरेक मंगलबार र शुक्रबार न्युयोर्क समय अनुशार राती ११ बजे खोलिन्छ । यसको ज्याकपटक जित्नका लागि ३०२ मिलियन टिकटबीच सबैभन्दा धेरै भाग्यशाली हुन जरुरी छ । यो टिकटको मूल्य २ डलर रहेको छ । खेल्ने व्यक्तिले १ देखि ७० भित्रका ५ वटा नम्बर र १ देखि २५ भित्रको एउटा नम्बर छनौट गर्नुपर्छ ।

लोटरीबाट राज्यले कमाएको शतप्रतिशत नाफा रकम शिक्षामा

न्युयोर्क लोटरी उत्तर अमेरिकाको सबैभन्दा ठूलो र सबैभन्दा फाइदा गर्ने लोटरी बन्ने क्रम जारी रहेको छ । यो राज्यबाट संचालित सरकारी लोटरी हो । तपाईलाई लाग्न सक्छ यसरी लोटरीबाट कमाएको नाफा रकम कहाँ जान्छ ?

वास्तवमा लोटरीबाट गरेको नाफा रकम शिक्षामा जाने गरेको छ । आर्थिक बर्ष २०२१/२०२२ मा न्युयोर्क राज्यमा शिक्षामा सहायताका लागि न्युयोर्क लोटरीले ३ दशमलव ६ बिलियन डलर प्रदान गरेको थियो । न्युयोर्क लोटरीको आम्दानी स्थानीय विद्यालय डिस्ट्रिक्टहरुमा वितरण गरिन्छ ।

राज्यबाट प्रदान गरिने अन्य सहायताका लागि जुन शुत्र प्रयोग गरिन्छ, लोटरीको आम्दानी रकम पनि त्यही शुत्र प्रयोग गरेर शिक्षामा प्रदान गरिदै आएको छ । कुन स्कुल डिस्ट्रिक्टमा कति रकम जाने भन्ने कुरा डिस्ट्रिक्टको आकार र आयस्तर दुवैलाई ध्यान दिएर निर्धारण गरिन्छ । ठूला, कम आय भएका स्कुल डिस्ट्रिक्टहरुले धेरै सहायता रकम प्राप्त गर्छन्।

आर्थिक बर्ष २०२०/२०२१ मा न्युयोर्क राज्यलाई लोटरी बेचेर भएको आम्दानी र खर्चको विवरण

लोटरीबाट भएको शतप्रतिशत आम्दानीको रकम शिक्षामा खर्च गरिन्छ । सन् १९६६ मा न्युयोर्कमा ६६ प्रतिशत मतदाताहरुले न्युयोर्कको लोटरीको आम्दानीको रकम सबै शिक्षामा प्रदान गर्नुपर्ने नियम स्वीकृत गरेका थिए ।

आर्थिक बर्ष २०२०/२०२१ मा न्युयोर्कमा ८ दशमलव ५९ बिलियनको लोटरी बिक्री भएको थियो । त्यसमध्ये २ दशमलव ५ बिलियन डलर आम्दानी शिक्षामा खर्च गरिएको थियो भने ४ बिलियन डलरभन्दा धेरै रकम विजेताहरुले पाएका थिए । बाँकी रकम बिक्रेतालाई कमिशन, ठेकेदारलाई शुल्क र अन्य खर्चमा समेत जाने गर्छ ।

अहिलेसम्मको इतिहासमा सबैभन्दा धेरै न्युयोर्कमा १० दशमलव २९ बिलियनको लोटरी आर्थिक बर्ष २०१८- २०१९ मा बिक्रि भएको थियो । जसमध्ये ३ दशमलव ४ बिलियन विद्यालयहरुलाई सहायतामा खर्च गरिएको थियो भने बाँकी रकम विजेता, बिक्रेता, ठेकेदार र अन्य खर्चमा लागेको थियो ।

न्युयोर्कमा मेगा मिलियन, पावरबल, क्यास फर लाइफ र न्युयोर्क लोट्टोगरी ४ वटा ज्याकपट खेलाइन्छ । जसमा सबैभन्दा धेरै मेगा मिलियन बिक्रि हुने गरेको छ । त्यो बाहेक न्युयोर्कमा स्क्रयाच गर्ने र दैनिक खेलिने अन्य लोटरीहरु पनि छन् ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com