न्युयोर्क सिटीको ट्राफिक जाम संसारकै खराब होइन, त्यसोभए सबैभन्दा खराब कहाँको छ ?


प्रकाशित मिति : पुस २९, २०७९ शुक्रबार

New York street during daytime

कतिपयलाई लाग्नसक्छ, न्युयोर्क सिटीको ट्राफिक जाम संसारकै सबैभन्दा खराब छ । तर यो कुरा सत्य होइन ।

न्युयोर्क सिटीमा ड्राइभ गर्ने जो कोहीलाई थाहा छ कि ट्राफिक जाम कत्तिको तनावपूर्ण र निराशाजनक हुन सक्छ। तर विश्वास गर्नुहोस् वा नगर्नुहोस्, न्युयोर्कको भन्दा अझ खराब ट्राफिक जाम हुने विश्वका चर्चित ठाउँहरु पनि छन् ।

मोबाइल एनालिटिक्स कम्पनी इनरिस्कका अनुसार औसत न्यूयोर्कवासी प्रत्येक वर्ष ११७ घण्टा ट्राफिक जाममा बस्छन्। कम्पनीको ग्लोबल ट्राफिक स्कोरकार्डले त्यो बर्बाद गरिएको समय र इन्धनको मूल्य प्रति व्यक्ति लगभग प्रति वर्ष २ हजार डलर राख्छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

तर न्युयोर्कको यो दर विश्वमा सबैभन्दा खराब होइन । इनरिस्कका अनुशार लन्डनमा ट्राफिक जाम विश्वमै सबैभन्दा खराब रहेको छ । इङ्गल्याण्डको राजधानीका सहरका चालकहरूले औषतमा आफ्नो कारहरूमा एक वर्षमा लगभग १५६ घण्टा ट्राफिक जाममा खर्च गर्छन् ।

लण्डनपछि पनि दोश्रोमा न्युयोर्क सिटी पर्दैन । विश्वकै खराब ट्राफिक जाम हुने दोश्रोमा अमेरिकाको शिकागो पर्छ भने तेश्रोमा फ्रान्सको पेरिस पर्छ । चौथोमा बोस्टन पर्छ भने न्युयोर्क सिटी पाँचौंमा पर्छ । छैठौंमा बोगाटा र सातौंमा टोरन्टो रहेका छन् । आठौंमा मायामी र नवौंमा इटलीको पालेर्मो रहेका छन् । दशौंमा मेक्सिकोको मोन्तेरी रहेको छ ।

इनरिस्कले सबै महादेशका ५० वटा देशका १ हजारभन्दा धेरै सिटीको स्कोरबोर्ड तयार पारेको छ । जसमा नेपाल भने समावेश छैन ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com