यी हुन् सबैभन्दा धेरैपटक छानिएका भाग्यशाली मेगा मिलियन्स बिजेता नम्बरहरू


प्रकाशित मिति : पुस २९, २०७९ शुक्रबार

यदि तपाईं शुक्रबार राति १ दशमलव ३५ बिलियन डलरको मेगा मिलियन्स लटरी ज्याकपट जित्ने सपना देख्दै हुनुहुन्छ भने तपाईंले यो लोकप्रिय भाग्यशाली विजेता नम्बरहरूको सूची जाँच गर्न सक्नुहुन्छ। यद्यपि विज्ञहरूका अनुशार मेगा मिलियन्स लटरी बिनबाट बाहिर निस्कने प्रत्येक नम्बरको लागि चान्स ठ्याक्कै समान छन् ।

बिनमा बलहरूको निश्चित संख्या हुन्छ भने चयन प्रक्रिया रयाण्डम हुन्छ । तरपनि केही नम्बरहरु अन्य नम्बरहरू भन्दा धेरै पटक विजेता भएका छन् ।

गत पाँच वर्ष र तीन महिनामा मेगा मिलियन्स लटरी खेलमा ७० सेतो बलहरू मध्ये सबैभन्दा धेरै छानिएका १३ भाग्यशाली नम्बरहरू छन् । १४ नम्बर सबैभन्दा धेरै ५३ पटक छनौट भएको छ भने १७ नम्बर ५१ पटक छनौट भएको छ । १०, ३१ र ३८ नम्बर ४९/४९ पटक छनौट भएका छन् भने ३, ८ र ४६ नम्बर ४७/४७ पटक छनौट भएका छन् । त्यस्तै ४, ७, १५, २० र ६४ नम्बर ४६ /४६ पटक छनौट भएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मेगाबलमा पनि सबैभन्दा धेरै छनौटमा परेका केही नम्बरहरु छन् । २२ नम्बर ३२ पटक छनौट भएको छ भने ११ नम्बर २८ पटक छनौट भएको छ । ९ नम्बर २७ पटक छनौट भएको छ । १०, १८ र २४ नम्बर २५/२५ पटक छनौट भएका छन् । १३, १७, १९ र २५ नम्बरहरु पनि २४/२४ पटक छनौटमा परेका छन् ।

विगतका ५० वटा खेलमा ७० सेतो बलमध्ये ३८ नम्बर ९ पटक परेको छ भने १४, १५ र ४७ नम्बर ७ पटक परेका छन् । ५, १३, २५, २९, ३६, ५९ र ६४ नम्बर पनि ६ /६ पटक परेका छन् । त्यस्तै विगतका ५० वटा खेलमा मेगाबलमा १८ र २२ नम्बर ४/४ पटक परेका छन् भने ६, ७, ९, १३, १९, २१, २३ र २५ नम्बर तीन तीन पटक परेका छन् ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com