कानुनी शासनको पालना गर्न संयुक्त राष्ट्रसंघीय महासचिव गुटरेसको आग्रह


प्रकाशित मिति : पुस २९, २०७९ शुक्रबार

संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटरेसले संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रहरुलाई कानुनी शासनको पालना गर्न आग्रह गर्नुभएको छ । उहाँले भन्नुभएको छ– म सबैभन्दा पहिला के कुरामा विश्वका संयुक्त राष्ट्रसंघका सदस्य देशहरुलाई आग्रह गर्दछु भने हामी सबैले संयुक्त राष्ट्रसंघको मूल्य मान्यता र यसको बडापात्रको सम्मान गर्नुपर्दछ र मलाई लाग्छ सबैले कानुनी शासनको पालनामा ध्यान दिनुपर्दछ ।

संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको बैठकलाई बिहीबार सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । उहाँले त्यस बैठकमा विश्वका सबै देशहरुले आजको अवस्थामा संयुक्त राष्ट्रसंघको मूल्य मान्यतामा जोड दिँदै यसको महत्वका लागि कानुनी शासनको पालना गर्न र यसको बडापत्रमा ध्यान दिन आग्रह गर्नुभएको बताइएको छ ।

उहाँले विश्वमा शान्तिको स्थापना गर्न तथा अन्तर्राष्ट्रिय कानुनहरुको पालना र यसको प्रवद्र्धनका लागि विश्वका देशहरुले संयुक्त राष्ट्रसंघको बडापत्र र यसका मूल्य मान्यताहरुको सम्मान र प्रवद्र्धनमा जोड दिनुभएको पनि सो समाचारमा जनाइएको छ ।

विश्वम शान्ति स्थापना गर्न तथा विश्वका नागरिकहरुमा आत्मसम्मानको विकास गर्नका लागि पनि कानुनी शासनको पालना र यसको सम्मान अहिले निकै नै जरुरी रहेको उहाँको भनाई थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विश्वमा दिन प्रतिदिन हिंसा बढ्दै गएको छ र अहिले विश्वमा विभिन्न नयाँ स्वरुपहरुमा नागरिकहरुप्रति हत्या हिंसा बढ्दै गएको छ भन्दै यो सबै अवस्थाको अन्त्यका लागि कानुनी शासनको पालना गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

उहाँले भन्नुभयो– विश्वका विभिन्न देशमा हत्या हिंसा बढ्दै गएको छ । विभिन्न स्वारुपका हिंसात्मक गतिविधिहरु बढिरहेका छन् भन्दै यसका लागि सबैले कानुनको पालना र दोषीमाथि कानुनी शासन अनुरुप कारबाही हुनु जरुरी छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com