महिला चालकको अनुभव – महिलाले नै विश्वास कम गर्छन्


प्रकाशित मिति : पुस २९, २०७९ शुक्रबार

सार्वजनिक सवारी साधनमा पुरुष चालकले नै गाडी गुडाउँछन् । महिला चालक पाउन मुस्किल छ । हुन त काठमाडौँ, पोखरा जस्ता ठूला सहरमा फाटफुट सार्वजनिक गाडीमा महिला चालक भेटिन्छन् । मोफसलमा सार्वजनिक सवारी साधनमा महिला चालक खासै देखिँदैनन् ।

सार्वजनिक सवारी साधनमा पुरुष चालकको भीडमा एक्लो महिला चालकका रुपमा भिड्नुभएको छ पाल्पाको रामपुरकी २७ वर्षीय मैना श्रेष्ठ । उहाँले रामपुर नगरपालिका क्षेत्रमा भ्यान चालकको काम गर्दै आउनुभएको छ । पुरुष चालक सरह नै हिम्मत र आँट गरेर समुदायमा उदाहरणिय महिला चालकका रुपमा कहलिनुभएको छ । रामपुर क्षेत्रमा पालोअनुसार तथा रिजर्भमा गाडी चलाउनुहुन्छ ।

“महिला भए पनि अवसर पायो भने पुरुष सरह नै काम गर्न सकिन्छ”, उहाँले भन्नुभयो, “गाडी चालक भएर यात्रु ओसार्न पाउँदा आनन्द लागिरहेको छ, मनमा इच्छा शक्ति भयो भने महिला भनेर पछाडि हट्नु पर्दैन ।”

नमस्ते रामपुर यातायात प्रालिमा भ्यान दर्ता गरेर आफ्नो पालोमा उहाँ यात्रु ओसार्ने गर्नुहुन्छ । दुई महिनाअघि रु १२ लाखमा यात्रुवाहक भ्यान किनेर व्यावसायिक रुपमा यात्रु ओसारपसारमा अहिले उहाँको दैनिक बित्ने गरेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

रामपुरको बेझाड बजार, विजयपुर, किसानवारी, प्याक्लुक, आँपचौर, रामटार, गण्डकीढिक, भलायटार, स्याउली बजार क्षेत्रमा उहाँ यात्रुलाई लैजाने ल्याउने गर्नुहुन्छ । उहाँ बिहान ६ देखि साँझ ७ बजेसम्म चालकका रुपमा निस्कनुहुन्छ । एकै पटकमा सवारी चालकको अनुमति पत्र प्राप्त गरेपछि व्यावसायिक रुपमा गाडी चलाउन उहाँको हिम्मत बढ्यो ।

“लाइसेन्स निस्केपछि गाडी चलाउँछु भन्ने योजना बनाए, परिवारको साथ सहयोग हौसला पाएपछि व्यावसायिक रुपमा यसमा लागेको छु”, उहाँले भन्नुभयो । मासिक रुपमा उहाँले सरदरमा रु १५ हजार बराबरको कमाई गर्नुहुन्छ । छ वर्षको छोरालाई बिहानै घरमा छाडेर उहाँ नियमित ड्युटीमा निस्कनुहुन्छ । बेझाड चोकमा भ्यान लिएर यात्रुको प्रतीक्षामा उहाँ भेटिनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, “सानो बच्चा छ, घरमा सासूससुराको साथमा छाडेर बिहानै गाडी लिएर नम्बर लगाउन जान्छु, बाँच्नका लागि केही न केही गर्नुप¥यो, आफ्नै घरबाट निस्केर काम गर्न पाइएको छ, दुःखसुख नगरीकन जीवन चल्दैन ।”

महिला चालक भनेपछि महिला यात्रुले नै उपेक्षा गर्ने गरेको उहाँले गुनासो पोख्नुभयो । गाडीमा चढ्ने क्रममा महिला चालक रहेछ भनेर कतिपय यात्रु चढेपछि ओर्लने, कतिपय नचढीकन अर्को गाडी चढ्ने गरेको श्रेष्ठले अनुभव सुनाउनुभयो । रामपुर नगरपालिकाको सहयोगमा एक महिना सवारी चालकको तालिम लिनुभएकी श्रेष्ठले सीप विकासका लागि स्थानीय ड्राइभिङ सेन्टरमा तीन महिनाको तालिम लिनुभयो ।

महिला भनेर उपेक्षा गर्ने समाजमा ठूला सार्वजनिक सवारी चालकका रुपमा काम गर्ने उहाँको इच्छा छ । एउटा निश्चित रुट भइदिएमा सवारी साधन चलाउन सहज हुने उहाँ बताउनुहुन्छ । घरपरिवार र आफ्नो गाउँ छिमेकका साथीले यस व्यवसायमा राम्रो हौसला दिएको श्रेष्ठले बताउनुभयो । सुरुको समय भएकाले केही पुरुष चालकले राम्रो व्यावहार गर्ने गरे पनि केहीले भने महिला चालक भनेर नियम मिच्न खोज्ने गरेको उहाँले बताउनुभयो ।

समाजमा महिलाले नगरेको पुरुषले मात्र गर्ने नयाँ काम गर्ने अठोटका साथ सवारी चालकको काम थालनी गरेको उहाँको भनाइ छ । श्रीमान् वैदेशिक रोजगारमा र घरमा सानो बच्चा हुँदा केही कठिनाइ भने झेल्नु परेको उहाँले सुनाउनुभयो । सिलाइकटाइको काममा समेत राम्रो अनुभव बटुल्नुभएकी श्रेष्ठले यस क्षेत्रमा लागेपछि समाजमा सबैका सामु चिनिने अवसर पाएको बताउनुभयो । दैनिक व्यवसायमा खटिनुपर्ने भए पनि यात्रुको सेवा गर्न पाउँदा आनन्द लाग्ने गरेको उहाँले बताउनुभयो ।

महिला भएर पनि समाजका लागि पुरुषसरह नै हिम्मत गरेर समुदायमा उदाहरणीय महिलाका रुपमा पहिचान बनाएको देख्दा खुसी लागेको स्थानीय सरिता रेग्मीले बताउनुभयो । उहाँले जस्तै हिम्मत गरेर काम गरियो भने महिला भन्दैमा सधैँ पछाडि पर्नु नपर्ने उहाँको भनाइ छ । रामपुर क्षेत्रमा हाल २८ भ्यान सञ्चालनमा छन् । नगरपालिकाभित्र पालैपालो विभिन्न स्थानमा भ्यान चालकले नम्बरअनुसार यात्रु ओसारपसार गर्दछन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com