जेटब्लु एयरलाइन्सले एयरपोर्ट आउने जाने उबर भुक्तानी दिने, कुन एयरपोर्टमा कसरी लिने ?


प्रकाशित मिति : पुस २८, २०७९ बिहीबार

अमेरिकामा जेटब्लु एयरलाइन्सले आफ्नो एयरलाइन्समा यात्रा गर्ने यात्रुहरुलाई एयरपोर्ट आउने जाने उबर भुक्तानी दिने भएको छ । तर सबै स्थानमा नभई निश्चित एयरपोर्टका सन्दर्भमा मात्र यो लागु भएको छ ।

जेटब्लु भ्याकेसनले पहिले नै धेरै यात्राको टाउको दुखाइलाई कम गरेको छ। अग्रिमबोर्डिङ, निशुल्क उडान परिवर्तन र फ्लाइटमा अल्कोहल पेय पदार्थहरू प्राप्त उपलब्ध गराउदै आएको कम्पनीले एक कदम अगाडी बढेर एयरपोर्टमा उबर राइडहरू निःशुल्क उपलब्ध गराउन सुरु गरेको छ ।

तत्कालदेखि लागु हुनेगरी जनवरी ३१ सम्म यो सुविधा उपलब्ध गराइनेछ । यदि तपाईं जेटब्लुको भ्याकेसन प्याकेजमा ओल्र्याण्डो, फोर्ट लाउडरडेल वा लस भेगासको यात्रा गर्दै हुनुहुन्छ भने तपाईले यो सुविधा पाउनुहुनेछ । तपाईंले उबरका लागि २० डलरको भौचर पाउनुहुनेछ । तपाईले टिकट किन्ने बेलामा चेकआउट गर्नु अघि एड एक्स्ट्रा ट्याबमा क्लिक गर्नुपर्छ तपाईंले प्रस्थान गर्नुभन्दा २४ घण्टा अघि भौचर प्राप्त गर्नुहुनेछ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आफ्ना ग्राहकहरूलाई विदामा उबरसँगको बचत गर्ने थप अवसरहरू दिन पाउँदा उत्साहित भएको जेटब्लुले बताएको छ । जेटब्लुले भनेको छ – ‘चाहे तपाई घाम ताप्दै हुनुहुन्छ वा तपाईंको अर्को छुट्टीको लागि थिम पार्कमा जाँदै हुनुहुन्छ, तपाईंको यात्राको अनुभव निर्बाध हुनुपर्छ।’

आगामी केही महिनाहरूमा यो कार्यक्रमलाई धेरै घरेलु गन्तव्यहरूमा विस्तार गर्ने जेटब्लुले जनाएको छ । ग्राहकहरूलाई घर ढोकाको सहज अनुभव सुनिश्चित गर्न उबरसँग काम गर्न पाउँदा उत्साहित रहेको जेटब्लुले जनाएको छ ।

यात्रा भौचर हरेक भ्याकेसनमा एयरपोर्टबाट पिकअप वा ड्रपअफको लागी उपलब्ध छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com