पेरिस ट्रेन स्टेशनमा चक्कु आक्रमणमा छ घाइते, घर जाँदै गरेका अफड्युटी प्रहरी र सीमा प्रहरीबाट नियन्त्रण


प्रकाशित मिति : पुस २७, २०७९ बुधबार

high-rise buildings during daytime

पेरिसको गारे डु नोर्ड ट्रेन स्टेशनमा बुधबार बिहान भएको आक्रमणमा कम्तिमा छ जना घाइते भएका छन् । आक्रमणपछि फ्रान्सेली राजधानीको प्रमुख रेल हबहरू मध्ये एकमा पहुँचमा प्रतिबन्ध लगाइएको छ ।

एक व्यक्तिले स्थानीय समय अनुसार बिहान ६ बजेर ४२ मिनेटमा मानिसहरूमाथि आक्रमण गर्न थालेको जनाइएको छ । आक्रमण त्यसको एक मिनेटपछि नै निष्प्रभावी भएको फ्रान्सेली गृहमन्त्री गेराल्ड डार्मानिनले बताएका छन् । उक्त व्यक्तिलाई घर जान लागेका अफड्युटी प्रहरी र सीमा प्रहरीले निशस्त्र पारेको डार्मानिनले पत्रकार सम्मेलनमा बताएका छन् ।

आक्रमणकारीले आफैंले हतियार बनाएको जनाइएको छ । पेरिस प्रहरीले यसअघि स्थानीय समय अनुसार बिहान पौने ७ बजे एक व्यक्तिले चक्कुले आक्रमण गर्न थालेको बताएको थियो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

रेल अपरेटरको लागी काम गर्ने एक सुरक्षा एजेन्ट सहित धेरै पुलिस अधिकारीहरूले गोली चलाएका थिए । कैयन राउण्ड गोली चलाइएको र कथित आक्रमणकारी घाइते भएको जनाइएको छ ।

पेरिस अभियोजकको कार्यालयका प्रवक्ताले फ्रान्सेली सीमा प्रहरीका एक सदस्यसहित छ जना घाइते भएको बताएका छन् । घाइते मध्ये एकको अवस्था गम्भीर छ । संदिग्धको पनि अवस्था गम्भीर रहेको जनाइएको छ । पेरिस अभियोजकको कार्यालयका अनुसार चक्कु आक्रमणको कारण अज्ञात छ।

फ्रान्सेली राष्ट्रिय आतंकवाद विरोधी अभियोजकको कार्यालयका अनुशार आक्रमणको बारेमा तथ्यहरूको मूल्याङ्कन भइरहेको छ । संदिग्ध आक्रमणकारी घाइते भएको तथ्यले घटनाको तथ्याङ्कको मूल्याङ्कन गर्न समय लाग्न सक्ने जनाइएको छ ।

बुधवार बिहान हमलाको लगत्तै गृहमन्त्री घटनास्थलमा आएका थिए । यसअघि उनले ट्वीटरमा कथित आक्रमणकारीलाई नियन्त्रणमा लिनु अगाडि धेरै मानिसहरूलाई घाइते बनाएको बताएका थिए । उनले प्रभावकारी र साहसी प्रतिक्रियाको लागि पुलिसलाई धन्यवाद दिएका थिए ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com