साउदी अरेबियाले हटायो हज यात्रीको संख्या र उमेरसँग सम्बन्धित प्रतिबन्ध


प्रकाशित मिति : पुस २६, २०७९ मंगलबार

साउदी अरेबियाले यस वर्ष हज यात्रीको संख्या र उमेरसँग सम्बन्धित प्रतिबन्ध हटाएको छ। समाचार एजेन्सी एएफपीका अनुसार हज र उमराह मामिला मन्त्री तौफिक अल रबियाले मिडियालाई यो जानकारी दिएका हुन् ।

उनले भने – ‘यस वर्ष हजयात्रीको संख्या कोरोना भाइरसअघिको जस्तै हुनेछ, हज गर्न आउनेलाई उमेरको हद तोकिएको छैन।’

हज प्रत्येक वर्ष हुने धार्मिक कार्यक्रम हो, जुन यस वर्षको जुन महिनामा हुनेछ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

हज इस्लामको पाँच कर्तव्य मध्ये एक हो। बाँकी चार कर्तव्यहरू हुन् – कलमा, रोजा, नमाज र जकात। धार्मिक मान्यता अनुसार शारीरिक र आर्थिक रूपमा सक्षम प्रत्येक मुस्लिमले जीवनमा कम्तिमा एक पटक यो कर्तव्य पूरा गर्नुपर्ने दायित्व हुन्छ ।

सन् २०१९ मा करिब २५ लाख मानिसले हज गरेका थिए । तर, त्यसपछिका दुई वर्षमा कोरोना महामारीका कारण यात्रुको सङ्ख्यामा सिमित रह्यो । यस अवधिमा ६५ वर्षसम्मका व्यक्तिले मात्र हज यात्रा गर्न पाउँछन् ।

सन् २०२२ मा करिब ९ लाख तीर्थयात्री हज पुगेका थिए जसमध्ये ७ लाख ८० हजार विदेशी थिए ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com