अन्तर्राष्ट्रिय दबाबपछि तालिबानले महिलामाथिको प्रतिबन्ध फुकुवा गर्ने संकेत


प्रकाशित मिति : पुस २६, २०७९ मंगलबार

Wiki Photo

महिलामाथिको प्रतिबन्धलाई लिएर अन्तर्राष्ट्रिय समुदायको विरोधको सामना गरिरहेको तालिबानले केही नरम हुने संकेत देखाएको छ ।

अफगानिस्तानमा काम गर्ने एउटा महत्त्वपूर्ण अन्तर्राष्ट्रिय सहायता एजेन्सीले कम्तीमा तीन तालिबान मन्त्रीहरूले महिलामाथिको प्रतिबन्ध हटाउन शीर्ष नेतृत्वले काम गरिरहेको जानकारी दिएको छ ।

काबुल भ्रमणमा रहेका नर्वेको शरणार्थी परिषद्का प्रमुख जान इगल्यान्डले तालिबानले महिलाको काम र बालिका शिक्षामा लगाइएको प्रतिबन्ध हटाउन नसके अफगानिस्तानलाई अन्तर्राष्ट्रिय सहायता रोक्न सुरु हुने बताएका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

तालिबान नेताहरूले उनीहरू अर्को तरिकाले काम गरिरहेको आफूलाई जानकारी दिएको उनले बताए । यो तरिका अनुसार महिलाहरूलाई पढ्न अनुमति दिइनेछ। सबैभन्दा महत्त्वपूर्ण कुरा महिलाहरू काममा फर्कन सक्नेछन्।

नर्वेको शरणार्थी परिषद्का प्रमुख जानले भने – ‘उनीहरूले आफ्नो वाचा पूरा गर्नुपर्छ । हामीलाई वाचा गरिएको थियो कि हामी महिलाहरूसँग काम गर्न सक्षम हुनेछौं । उनीहरूलाई शिक्षा दिइनेछ।’

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com