आईसीसीको ‘प्लेयर अफ द मन्थ’ घोषणा, कसले जिते उपाधि ?


प्रकाशित मिति : पुस २६, २०७९ मंगलबार

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले डिसेम्बर २०२२ को ‘प्लेयर अफ द मन्थ’ को विजेता घोषणा गरेको छ।

इंग्ल्याण्डका ह्यारी ब्रुकले पहिलो पटक आईसीसी पुरुष खेलाडीको अवार्ड जितेका छन् । उनले उत्कृष्ट प्रदर्शन गर्दै पाकिस्तानमा भएको आईसीसी विश्व टेस्ट च्याम्पियनसिप जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए ।

अष्ट्रेलियाकी एश्ले गार्डनर आईसीसी महिला खेलाडीको अवार्ड जितिन् । ब्याट र बलमा उनको शानदार प्रदर्शनले भारतलाई टी-२० सिरिजमा शानदार जित दिलायो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ब्रुकले पाकिस्तानविरुद्धको प्रत्येक खेलमा शतक प्रहार गरेका थिए । इंग्ल्याण्डले सिरिज ३–० ले कब्जा गरेको छ । गार्डनरले डिसेम्बरमा १६६.६६ को स्ट्राइक रेटमा ११५ रन बनाए र १८.२८को औसतमा सात विकेट लिए। 

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com