दक्षिण कोरियामा चिनियाँ यात्रुलाई प्रतिबन्धपछि चीनले रोक्यो दक्षिण कोरियालीलाई भिसा


प्रकाशित मिति : पुस २६, २०७९ मंगलबार

कोरोनाको बढ्दो केसहरू बीच धेरै देशहरूले चीनबाट आउने यात्रुहरूमा कोरोनाको विना नेगेटिभ रिपोर्ट प्रतिबन्ध लगाएका छन्। अब यसको बदलामा चीनले दक्षिण कोरियाबाट आउने यात्रुलाई छोटो अवधिको भिसा दिन बन्द गरेको छ ।

दक्षिण कोरियामा रहेको चिनियाँ दूतावासले दक्षिण कोरियाले लगाएको प्रतिबन्धलाई पक्षपाती भनेको छ र उनीहरूको अर्को कदम प्रतिबन्धहरू हटाउनेमा निर्भर हुने बताएको छ।

समाचार एजेन्सी रोयटर्सका अनुसार चिनियाँ दूतावासका अधिकारीले यो नयाँ नियमको पुष्टि गरेका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

एक दिन अघि चीनका विदेश मन्त्री किन गांगले आफ्नो दक्षिण कोरियाली समकक्षी पार्क जिनसँग फोन वार्तामा प्रतिबन्धहरूप्रति चिन्ता व्यक्त गरेका थिए ।

यस क्रममा पार्कले किनलाई दक्षिण कोरियाले प्रतिबन्ध लगाउने निर्णय वैज्ञानिक प्रमाणमा आधारित रहेको बताइन्।

दक्षिण कोरियाले गत सातादेखि चीनबाट आउने यात्रुका लागि आरटी–पीसीआर परीक्षण अनिवार्य गरेको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com