अमेरिकामा गोफण्डमी दुरुपयोगबाट ४ लाख डलर उठाउने महिलालाई तीन वर्षको जेल सजाय


प्रकाशित मिति : पुस २५, २०७९ सोमबार

person holding fan of us dollar bill

अमेरिकाको न्यु जर्सीकी एउटी महिलालाई गोफण्डमीको दुरुपयोग गरेर दाताहरूबाट ४ लाख डलरभन्दा भन्दा बढी उठाउने एक महिलालाई न्यु जसीृ राज्यको जेलमा तीन वर्षको जेल सजाय सुनाइएको छ । उनले एक घरबारविहीन पुरुषको लागि पैसा सङ्कलन गरेको दाबी गरेकी थिइन् ।

३२ वर्षीया केटलिन म्याक्क्लुरले हाल कनेक्टिकटको संघीय जेलमा १२ महिना र एक दिनको सजाय भोगिरहेकी बर्लिंगटन काउन्टी अभियोजकले एक समाचार विज्ञप्तिमा घोषणा गरेका छन् ।

उनको राज्यको सजाय पनि उनको संघीय जेल समय संगै चल्नेछ । न्यायाधीशले पहिले राज्यको यातायात विभागमा काम गरेकी म्याकक्लुरलाई स्थायी रूपमा सरकारी कर्मचारीको रूपमा अर्को पद धारण गर्नबाट रोकिएको रोकेका छन् ।

सन् २०१७ मा म्याकक्लुरले पेट्रोल सकिएर फिलाडेल्फियाको अन्तरराज्यीय राजमार्गमा फसेको दावी गरेकी थिइन्। त्यसपछि घरबारविहीन मानिस जोनी बबिट जूनियरले उनलाई देखेर उनीसँग भएको २० डलर पेट्रोलका लागि दिएको दावी गरेकी थिइन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यसपछि म्याकक्लुर र उनका तत्कालीन प्रेमी मार्क डोमिकोले सोशल मिडियामा घरबारविहिनको राम्रो कामको बारेमा पोस्ट गर्दै ती घरबारविहिनका लागि गोफण्डमीमार्फत रकम उठाउने अभियान सुरु गरेका थिए । जसमा राजमार्ग र्‍याम्पमा बबिटसँगको तस्वीर पनि समावेश थियो । उनीहरूले यो रकम ती घरबारविहिनलाई तिर्ने र उनलाई सडकबाट निकाल्न चाहने बताएका थिए ।

woman in gold dress holding sword figurine

यो समाचार भाइरल भयो र १० हजार भन्दा बढी दाताहरूले योगदान दिएर राष्ट्रिय हेडलाइन बन्यो । अदालतका कागजातहरूका अनुसार घोटाला गर्नेहरूले शुल्क पछि ४ लाख डलर कमाएका थिए ।

उनीहरुले बीएमडब्ल्यू खरिद गर्नुका साथै नयाँ वर्षको लस भेगास यात्रा गरे । क्यासिनोमा जुवा खेल्ने र लुई भुटनका ह्यान्डब्याग र अन्य वस्तुहरूमा पैसा खर्च गरे। होमलेस भनिएका बबिटलाई जम्मा ७५ हजार डलरमात्र दिए ।

फन्डरेजरबाट ७५ हजार डलरमात्र पाएका बबिटले उनीहरुविरुद्ध मुद्दा दायर गरेपछि घोटाला सार्वजनिक भयो। तर होमलेस भनिएका बबिट पनि चोखो थिएनन् । वास्तवमा उनलाई राजमार्गमा भेटिएको थिएन भने पेट्रोल सकिएपछि २० डलर दिएको कथा पनि नक्कली थियो । उनीहरुको भेटघाट गोफण्डमी सुरु गर्नुभन्दा एकमहिना अगाडि भेगासको क्यासिनो नजिक भएको थियो । बबिटविरुद्ध पनि अभियोग लगाइएको थियो ।

म्याकक्लुरले २०१९ मा दोस्रो अभियोग स्वीकार गरेकी थिइन् । बबिटले पनि २०१९ मा दोष स्वीकार गरेपछि पाँच वर्षको विशेष प्रोबेशन अवधिको सजाय सुनाइएको थियो । जसमा लागूपदार्थको उपचार समावेश छ।

प्रेमी मार्क डोमिकोले पनि पनि दोषी स्वीकार गरेपछि न्यु जर्सी राज्य कारागारमा पाँच वर्षको अवधिको जेल सजायका साथै दाताहरूलाई रकम फिर्ता दिनुपर्ने फैसला गरियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com