ब्राजिलमा आफ्ना समर्थकले संसदमा आक्रमण गर्दा बोल्सोनारो अमेरिकामा किनमेल गर्दै
प्रकाशित मिति : पुस २५, २०७९ सोमबार
Brasília – O pai do deputado, Jair Bolsonaro durante o Conselho de Ética da Câmara que arquivou duas representaçõescontra o deputado Eduardo Bolsonaro por quebra do decoro (Fabio Rodrigues Pozzebom/ Agencia Brasil)
पूर्व राष्ट्रपति जैर बोल्सोनारोका समर्थकहरूले ब्रासिलियामा सरकारी भवनहरूमा आक्रमण गरिरहँदा बोल्सोनारो भने अमेरिकामा ग्रोसरीमा किनमेल गर्दै गरेका भिडियोहरु सार्वजनिक भएका छन् । सोशल मिडियामा देखिएका भिडियोहरूमा रूढिवादी पूर्व राष्ट्रपति जैर बोल्सोनारो फ्लोरिडाको ओर्लान्डोमा किनमेल बजारमा घुमिरहेको देखिएको थियो ।
बोल्सोनारोले आफ्नो वामपन्थी प्रतिद्वन्द्वी लुइज इनासियो लुला डा सिल्भासँग कडा चुनाव हारेपछि ब्राजिल छाडेर फ्लोरिडा आएका थिए । हिंसाले दक्षिणपन्थी र बामपन्थी राजनीतिज्ञहरूलाई लक्षित गर्ने अभियान पछि उनले ब्राजिल छाडेका थिए ।
नोभेम्बरको शुरुमा बोल्सोनारोले राष्ट्रपतिको चुनावमा आफ्नो हार पछि राष्ट्रलाई सम्बोधन गरेका थिए । र सत्ताको संक्रमणमा सहमत भएका थिए । तर उनले आफ्नो टिप्पणीमा प्रत्यक्ष रूपमा चुनावको परिणामलाई भने स्वीकार गरेनन्।

दा सिल्भाको पदभार ग्रहणमा पनि बोल्सोनारो उपस्थित भएनन् । तर उनका समर्थकहरूले गरेका केही हिंसात्मक प्रदर्शनको निन्दा गरेका थिए । जसले राजमार्गहरू अवरुद्ध गरेका थिए भने पुलिससँग झडप गरेका थिए । उनका समर्थकहरु ब्रासिलियाको संघीय प्रहरी मुख्यालयमा जबरजस्ती गर्न खोजेका थिए।
बोल्सोनारो, जसले बारम्बार पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशंसा गर्दै आएका छन्, तीन दशक अघि सैन्य शासनको अन्त्य पछि राष्ट्रको पहिलो दक्षिणपन्थी राष्ट्रपति बनेका थिए। उनले ट्रम्पसँग मिल्दोजुल्दो राजनीतिको शैली अपनाएका थिए भने प्रायः ट्विटरमा आक्रमण्क सन्देशहरू दिने गर्थे ।

२०१९ को शुरुमा बोल्सोनारोले पूर्व सेनाका कप्तानले पदभार ग्रहण गरेको तीन महिना भन्दा कम समय पछि ट्रम्पसँग भेट्न वाशिंगटन, डीसी गएका थिए । ब्राजिलका राष्ट्रपतिहरूले सामान्यतया पहिलो दक्षिण अमेरिकी देशहरूको भ्रमण गर्दा उनले भने परम्परा तोडेका थिए।






