ब्राजिलमा आफ्नै समर्थकबाट भएको दंगाको बोल्सोनारोबाट निन्दा, ४ सय भन्दा धेरै दंगाकारी पक्राउ
प्रकाशित मिति : पुस २५, २०७९ सोमबार
Supporters of Brazilian former President Jair Bolsonaro clash with security forces during an invasion to Planalto Presidential Palace in Brasilia on January 8, 2023. – Hundreds of supporters of Brazil’s far-right ex-president Jair Bolsonaro broke through police barricades and stormed into Congress, the presidential palace and the Supreme Court Sunday, in a dramatic protest against President Luiz Inacio Lula da Silva’s inauguration last week. (Photo by Ton MOLINA / AFP)
ब्राजिलमा पूर्व राष्ट्रपतिका समर्थकहरूबाट राष्ट्रिय संसद, राष्ट्रपति भवन, अदालतमा गरिएको आक्रमण लोकतन्त्रमाथिको प्रहार भन्दै सर्वत्र निन्दा गरिएको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले ब्राजिलमा लोकतन्त्र र शक्तिको शान्तिपूर्ण स्थानान्तरणमा आक्रमणको निन्दा गरेका छन् । साथै लुला दा सिल्भालाई समर्थन व्यक्त गरेका छन् ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन र संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसलगायत विश्वका नेताहरूले हिंसाको निन्दा गरेका छन् । ब्राजिलका जनता र देशका संस्थाहरूको इच्छालाई सम्मान गर्नुपर्ने गुटेरेसले बताएका छन् ।

राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले जिम्मेवार व्यक्तिहरूलाई फेला पार्ने र सजाय दिइने बताएका छन् । प्रहरीले अहिले कम्तिमा ४ सय जनालाई गिरफ्तार गरिसकेको छ ।
बोल्सोनारोका समर्थकहरूले आइतबार ब्राजिलको कंग्रेस भवन, सर्वोच्च अदालत र प्लानाल्टो राष्ट्रपति भवनमा आक्रमण गर्दा कम्तीमा १२ पत्रकारमाथि आक्रमण भएको फेडरल डिस्ट्रिक्टमा रहेको व्यावसायिक पत्रकार संघले जनाएको छ।
आइतवारको घटनाहरू पछि राजधानी ब्रासिलियामा क्याम्प लगाएका बोल्सोनारो समर्थकहरू शहरको सैन्य मुख्यालय बाहिर पार्क गरिएका बसहरूतिर लागेका देखिएका थिए । एक शीर्ष अधिकारीले पुलिसलाई गिरफ्तार गर्न र क्याम्पहरूमा बाँकी रहेका कुनै पनि प्रदर्शनकारीहरूलाई कैद गर्न आह्वान गरेपछि उनीहरु त्यहाँबाट बाहिरिन थालेका हुन् ।

आइतवारको घटना अमेरिकाको वासिंटन डिसीमा सन् २०२१ को जनवरी ६ मा संसद भवनमा भएको दंगासँग तुलना गरिएको छ । जतिबेला पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरूले उनको चुनावी हारको प्रमाणीकरण रोक्नको लागि संसदमा हमला गरेका थिए । ट्रम्प पनि बोल्सोनारोका नजिकका सहयोगी थिए ।
लुला दा सिल्भाले करिब एक साताअघि पदभार ग्रहण गरेका थिए । बोल्सोनारोको प्रशासनले पहिले सत्ताको संक्रमणमा सहयोग गरिरहेको बताएको थियो । तर अति दक्षिणपन्थी नेताले स्पष्ट रूपमा आफ्नो चुनावी हार स्वीकार गरेनन् । पूर्व राष्ट्रपतिले लुला दा सिल्भाको पदभार ग्रहण अघि देश छाडेर अमेरिका आएका थिए ।
ट्वीटरमा लेख्दै जैर बोल्सोनारोले पनि आफ्ना समर्थकहरूको कार्यको निन्दा गरेका छन् । उनले शान्तिपूर्ण र कानुनी प्रदर्शनहरू लोकतन्त्रको हिस्सा भए पनि सार्वजनिक भवनहरूमा भएका आक्रमणहरू नियमको उल्लंघन भएको उनले बताएका छन् ।





