ब्राजिलमा पूर्व राष्ट्रपतिका समर्थकहरूबाट राष्ट्रिय संसद, राष्ट्रपति भवन, अदालतमा आक्रमण


प्रकाशित मिति : पुस २४, २०७९ आईतबार

Protesters, supporters of Brazil’s former President Jair Bolsonaro, clash with police as they storm the Planalto Palace in Brasilia, Brazil, Sunday, Jan. 8, 2023. Planalto is the official workplace of the president of Brazil. (AP Photo/Eraldo Peres)

ब्राजिलका पूर्व राष्ट्रपति जैर बोल्सोनारोका समर्थकहरूले आइतबार ब्राजिलियाको राष्ट्रिय संसद भवनमा आक्रमण गरेका छन्। पूर्वराष्ट्रपतिका सयौं समर्थकले राष्ट्रिय संसद भवन, राष्ट्रपति भवन र सर्वोच्च अदालतमा आक्रमण गरेका हुन् । उनका समर्थकहरूले वामपन्थी लुलाको चुनावी जितलाई स्वीकार गर्न अस्वीकार गरेका छन्।

बोल्सोनारो समर्थक प्रदर्शनकारीहरूले भवनमा आक्रमण गरेपछि उत्पन्न केही घण्टाको अराजकता पछि ब्राजिलको प्रहरीले संसद भवनमा नियन्त्रण कायम गरेको छ । प्रहरीले सर्वोच्च अदालतको मुख्यालय र राष्ट्रपति भवनबाट दंगा गर्नेहरूलाई हटाउने प्रयास गरेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भालाई सत्ताच्युत गर्न सैन्य हस्तक्षेपको लागि आह्वान गर्दै सयौं मानिसहरूले भवनमा आक्रमण गरेका थिए । लुलाले एक साता अघि पदभार ग्रहण गरेका थिए ।

पूर्व राष्ट्रपतिका समर्थकहरूले चुनावको नतिजा स्वीकार गरेका छैनन् भने धाधली भएको दावी गर्दै आएका छन् । उनका कट्टर समर्थकहरूले पूर्व राष्ट्रपतिलाई शक्तिमा फर्काउनका लागि खुल्ला रूपमा सैन्य विद्रोहको आह्वान गरेका छन् ।

सामाजिक सञ्जालमा शेयर गरिएका फुटेजमा सयौं मानिसहरू राष्ट्रिय संसद भवनमा प्रवेश गरेको देखाइएको छ। प्रदर्शनकारीलाई प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो ।

प्रदर्शनकारीहरु प्रहरी अवरोध पार गर्दैै सिनेट भवनको छतमा पुगेका थिए । पहेँलो र हरियो टी शर्ट र ब्राजिलको झण्डासहितका प्रदर्शनकारीहरुले भवनको सुरक्षा गरिरहेका केही प्रहरीका गाडीहरूमा आक्रमण गरेका थिए । तिनीहरूले सुरक्षा अवरोधहरू पनि नष्ट गरेका थिए ।

लुलाले संसदमा भएको आक्रमणको निन्दा गरेका छन् र जिम्मेवारहरूलाई जवाफदेही बनाउने वाचा गरेका छन्। बाढी प्रभावित क्षेत्रको भ्रमणका क्रममा दक्षिणपूर्वी शहर अराराक्वाराबाट लुलाले तोडफोड गर्नेहरू को हुन् भनेर पत्ता लगाउने र उनीहरूलाई कानूनको पूर्ण शक्तिका साथ कारबाही गरिने चेतावनी दिएका छन् ।

विश्वका नेताहरुले पनि घटनाको निन्दा गरेका छन् । अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले आइतवार ब्राजिलमा देखा परेका दृश्यहरूको निन्दा गरेका छन् । उनले स्थितिलाई नजिकबाट हेरिएको बताएका छन् ।

अमेरिकाले ब्राजिलमा लोकतन्त्रलाई कमजोर पार्ने कुनै पनि प्रयासको निन्दा गर्ने बताउदै राष्ट्रपति बिडेनले स्थितिलाई नजिकबाट नियालिरहेको तथा ब्राजिलको लोकतान्त्रिक संस्थाहरूको लागि अमेरिकाको समर्थन अटल रहेको सुलिभानले ट्वीट गरे।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com