कीभ आक्रमणका बावजुद युक्रेनमा युद्धविरामको पालना गरिरहेको रूसको दाबी


प्रकाशित मिति : पुस २३, २०७९ शनिबार

मस्कोले कीभ सैनिकको तोपखाना आक्रमणका बावजुद अर्थोडक्स क्रिसमसको उपलक्ष्यमा युक्रेनमा युद्धविरामको पालना गरिरहेको शनिबार जनाएको छ ।

अर्थोडक्स इसाईहरूले जनवरी ७ लाई क्रिसमस पर्वका रूपमा मनाउँछन् ।

रुसी रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “युक्रेनको सशस्त्र बलले बस्ती र रूसी स्थानहरूमा गोलाबारी गरे तापनि घोषित युद्धविरामको कार्यान्वयन जारी रहनेछ ।”

पछिल्लो २४ घण्टामा रूसी सेनाले पूर्वी युक्रेनमा युक्रेनी सेनाले गरेको आक्रमणलाई प्रतिकार गर्नुका साथै दर्जनौँ सैनिकको मृत्यु भएको विज्ञप्तिमा उल्लेख छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

एएफपीका पत्रकारहरूले शनिबार बिहानको अधिकांश समय भीषण गोलाबारीको आवाज सुनेका बताएका छन् ।

शनिबार युक्रेनको सशस्त्र बलका जनरल स्टाफले रूसले पछिल्लो २४ घण्टामा एउटा क्षेप्यास्त्र प्रहार गरेको र विभिन्न रकेट लञ्चरबाट २० राउण्ड तोप प्रहार गरेको बताएका थिए ।

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले एकतर्फी रूपमा अर्थोडक्स क्रिसमसका लागि ३६ घण्टाका लागि आक्रमण रोक्न आफ्ना सेनालाई आदेश दिनुभएको थियो ।

युक्रेनले शनिबार (स्थानीय समयानुसार २१ः०० बजे) को अन्त्यसम्म जारी रहने भनिएको रोकलाई रूसले आफ्नो सेनालाई पुनः संगठित गर्न र युद्धभूमिमा आएको शृंखलाबद्ध असफलतापछि आफ्नो प्रतिरक्षालाई बलियो बनाउन समय प्राप्त गर्ने रणनीतिको रूपमा खारेज गरेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com