हडताल बढ्दै गएपछि बेलायतका प्रधानमन्त्री सुनकद्वारा युनियनहरूलाई वार्ताका लागि आह्वान
प्रकाशित मिति : पुस २२, २०७९ शुक्रबार
British Prime Minister Rishi Sunak arrives at 10 Downing Street in London, Tuesday, Oct. 25, 2022. New British Prime Minister Rishi Sunak arrived at Downing Street Tuesday after returning from Buckingham Palace where he was invited to form a government by Britain’s King Charles III. (AP Photo/Kirsty Wigglesworth)
बेलायतका प्रधानमन्त्री ऋषि सुनकले शुक्रबार सार्वजनिक क्षेत्रका युनियनहरूलाई अर्को हप्ता सरकारसँग वार्ताका निम्ति आह्वान गरेका छन् । युनियनहरूको बढ्दो हडतालले अस्पताल, रेलवे र अन्य महत्त्वपूर्ण क्षेत्रमा असर गर्दै गएपछि प्रधानमन्त्रीले सो आह्वान गरेका हुन् ।
प्रत्येक सरकारी विभागले आफ्नो जिम्मेवारी क्षेत्रमा हडताल गर्ने मजदुरहरूको प्रतिनिधित्व गर्ने युनियन नेताहरूलाई सोमबार बैठकमा आमन्त्रित गर्न पत्र पत्राचार गरिएको छ ।
‘हामी हाम्रा सार्वजनिक क्षेत्रका कामदारहरू विशेष गरी हाम्रा नर्सहरू लगायतको समस्यामा गम्भीर छलफल गर्न चाहान्छौँ ‘ प्रधानमन्त्रीले भनेका छन् ।






