हिजाब नलगाई खेलेको भन्दै इरानकी चेस खेलाडी सारा खादिमलाई धम्की


प्रकाशित मिति : पुस १९, २०७९ मंगलबार

इरानकी चेस खेलाडी सारा खादिमलाई हिजाब नलगाई खेलेको भन्दै स्वदेश फर्कने धम्की आएको छ । समाचार एजेन्सी रोयटर्सले सारा खादिमको निकट स्रोतलाई उद्धृत गर्दै यो जानकारी दिएको हो।

साराले गत हप्ता कजाकिस्तानमा भएको विश्व र्यापिड एण्ड ब्लिट्ज चेस च्याम्पियनसिपमा हिजाब नलगाई भाग लिइन् । इरानमा महिलाले हिजाब लगाउन अनिवार्य छ।

स्रोतका अनुसार सारालाई यसअघि पनि धेरै फोन आएका थिए जसमा उनलाई स्वदेश फर्किन चेतावनी दिइएको थियो । कतिपयले भने – ‘उनी फर्केर ‘आफ्ना समस्या समाधान’ गर्नुपर्छ।’

इरानमा रहेका साराका आमाबुवा र आफन्तलाई समेत धम्की आइरहेको छ । इरानको विदेश मन्त्रालयले यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अब सारा मंगलबार स्पेन पुगेकी छिन् । उनले यस विषयमा केही भन्न अस्वीकार गरेका छन् ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com