न्युयोर्क टाइम्स स्क्वायरमा प्रहरीमाथि आक्रमण गर्ने टिनएजर इस्लामिक अतिवादबाट प्रभावित


प्रकाशित मिति : पुस १९, २०७९ मंगलबार

नयाँ वर्षको पूर्वसन्ध्यामा टाइम्स स्क्वायर नजिकै तीन प्रहरी अधिकारीहरूलाई चक्कुले आक्रमण गर्ने टिनएजर इस्लामिक अतिवादबाट प्रभावित भएर आफ्नो मेनको घरबाट न्युयोर्कको यात्रा गरेको अधिकारीहरुले बताएका छन् । न्युयोर्कका प्रहरी अधिकारीहरूलाई छुराले आक्रमण गरेको अभियोगमा १९ वर्षीय संदिग्धलाई पक्राउ गरिएको गरिएको थियो । संदिग्धमाथि एक प्रहरी अधिकारीको हत्या प्रयासको आरोप लगाइएको छ ।

संदिग्ध ट्रेभर बिकफोर्डलाई एक प्रहरी अधिकारीको हत्या प्रयास र आक्रमणमा आक्रमणको प्रयास गरेको दुईवटा मुद्दामा अभियोग  लगाइएको प्रहरीले सोमबार घोषणा गरेको छ। बिकफोर्डले आतंकवादको आरोप पनि सामना गर्न सक्ने जनाइएको छ ।

बिकफोर्डले शहरको प्रख्यात नयाँ वर्षको पूर्वसन्ध्या समारोहको केन्द्र टाइम्स स्क्वायर बाहिर सुरक्षा स्क्रीनिंग क्षेत्रमा पुलिस अधिकारीहरूलाई आक्रमण गरेको दुई दिन पछि पक्राउ गरिएको घोषणा गरिएको हो ।

संदिग्धको ब्याकप्याकमा एउटा डायरी फेला परेको थियो, जुन सडकमा छोडिएको थियो । उक्त डायरीमा डायरी अन्तिम इच्छा लेखिएको थियो । डायरीमा तालिबानमा सामेल हुने इच्छा व्यक्त गरेको तथा अमेरिकी सेनामा भर्ना भएकोमा उसको दाइको आलोचना गरिएको भेटिएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

एक समय थियो जब हामी नजिक थियौं तर त्यो समय बितिसकेको छ । तिमी मेरो शत्रुको पङ्क्तिमा सामेल भयौ। डायरीमा आक्रमणकारीले आफ्ना दाईलाई लेखेका थिए । डायरीमा आक्रमणकारीले आफ्नो सामान परिवारमा कसरी बाड्ने र आफ्नो दाहसंस्कार कसरी गर्ने भन्नेबारे समेत लेखेको प्रहरीले जनाएको छ ।

डायरीमा संदिग्धले आफ्नी आमाले अल्लाहलाई पश्चात्ताप नगर्ने चिन्ता पनि व्यक्त गरेको जनाइएको छ । डायरीमा लेखिएको छ त्यसकारण म मेरो हृदयमा आशा राख्छु कि तपाई थोरै भएपनि विश्वास गर्नुहुनेछ ।

राति १० बजेपछि मात्र आक्रमणकारी वेष्ट ५२ स्ट्रीट र ८ औं एभिन्यूको टाइम्स स्क्वायर चेकपोइन्टमा गएको जनाइएको छ । जहाँ अधिकारीहरूले हतियार वा शंकास्पद वस्तुहरूको लागि झोलाहरू जाँच गरिरहेका थिए ।

त्यहाँ बिकफोर्डले चक्कु निकालेर एक अफिसरलाई धारले र अर्को अफिसरलाई ह्यान्डलले टाउकोमा प्रहार गरेको जनाइएको छ । तेस्रो अफिसरलाई ब्लेड हानेको जनाइएको छ , जसले बिकफोर्डको काँधमा गोली हानेका थिए । घाइते प्रहरीलाई उपचार पछि डिस्चार्ज गरिएको छ ।

विगत दुई दिनदेखि बिकफोर्ड हिरासतमा थिए र बेल्लेभ्यु अस्पतालमा बन्दुकको गोली लागेको चोटको उपचार भइरहेको थियो ।

आक्रमण हुनुअघि पनि बिकफोर्ड एफबीआईको निगरानीमा रहेको जनाइएको छ । बिकफोर्डलाई डिसेम्बरको मध्यमा मेनमा एफबीआई एजेन्टहरूले अन्तर्वार्ता लिएका थिए जब उनले भनेका थिए कि उनी साथी मुस्लिमहरूलाई मद्दत गर्न विदेश यात्रा गर्न चाहन्छन् र आफ्नो धर्मको लागि मर्न इच्छुक छन् ।

बिकफोर्डकी आमा र हजुरआमा तालिबानमा सामेल हुन अफगानिस्तान जाने उनको चाहनाको बारेमा चिन्तित थिए । डिसेम्बर १० मा त्यही चिन्ताको कारण उनीहरुले वेल्स, मेन, पुलिस विभागलाई रिपोर्ट गरेका थिए ।

जब एफबीआईले यसको व्यापक अनुसन्धान सुरु गरेको थियो त्यतीबेला आतंकवादी निगरानी सूचीमा राखेका थिए । किनभने तालिबानलाई विदेशी आतंकवादी संस्थाको रूपमा तोकिएको छैन । यस समूहमा सामेल हुन अफगानिस्तानको यात्रा गर्ने योजनालाई आतंकवादी समूहको भौतिक समर्थनको प्रयासको संघीय अपराध मानिदैन ।

आक्रमणकारी एमट्रयाकमार्फत न्युयोर्क आएको जनाइएको छ । त्यसैले ती यात्राहरूले कुनै पनि वाच लिस्ट डेटाबेस ट्रिगर गरेको थिएन । मायामीको टिकट भएपनि आक्रमणकारी न्युयोर्कमा रोकिएर डिसेम्बर २९ मा म्यानहट्टनको बाउरी नजिकैको ग्रान्ड होटलमा चेक इन गरेको जनाइएको छ । नयाँ वर्षको पूर्वसन्ध्यामा आफ्ना सबै सामानहरू लिएर चेकआउट गरेपछि आक्रमणकारी टाइम्स स्क्यावर पुगेर आक्रमण गरेको अनुसन्धानबाट खुलेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com