१३० कागजपत्रविहिनलाई टेक्सासबाट बसमा ल्याएर उपराष्ट्रपति ह्यारिसको घरबाहिर छाडियो
प्रकाशित मिति : पुस १०, २०७९ आईतबार
After the mayor declared a State of Emergency, city sanitation workers clear a pile of used blankets and clothing by an encampment of migrants near a bus station in downtown in El Paso, Texas where they waited for transportation to shelter upon crossing the US-Mexico border on December 17, 2022. – In the last few days thousands of migrants arrived in the city crossing the border from Mexico’s Ciudad Juarez. They all come to the United States in search of opportunity, after fleeing political and economic crises in their home countries, mostly in South America. But the interval in El Paso, between being released by border authorities and getting transportation to continue to other cities, is complicated with shelters saturated by high demand. (Photo by Patrick T. Fallon / AFP)
टेक्सासबाट बसमा ल्याइएका करिब १३० कागजपत्रविहिन आप्रवासीहरूलाई अमेरिकामा राजधानीमा अत्याधिक चिसो क्रिसमसको पूर्वसन्ध्यामा उपराष्ट्रपतिको घरबाहिर छाडिएको छ ।
स्वयंसेवकहरूले क्रिसमसको दिन लगभग १३० आप्रवासीहरूसहित तीनवटा बसहरू न्यूयोर्क आइपुग्ने अनुमान गरेका थिए, तर सडक बन्द र चिसो अवस्थाका कारण बसहरूलाई वाशिंगटन क्षेत्रमा लगिएको थियो ।

आप्रवासीहरू ३६ घन्टाको यात्रापछि वाशिङटन आइपुगेका थिए । कसैकसैसँग टी सर्ट वा हल्का कम्बल मात्र थियो । त्यहाँ आएका आप्रवासीहरुलाई म्युचुअल एड ग्रुपले यात्रा र आवास समन्वय गर्न मद्दत गरेको थियो भने खाना, कोट, जुत्ता र अन्य न्यानो कपडाहरू प्रदान गरेको थियो । तापमान २० डिग्री भन्दा तल झरेको अवस्थामा आप्रवासीलाई त्यहाँ छाडिएको हो ।
म्युचुअल एड ग्रुपले बसहरू टेक्सासको आपतकालीन व्यवस्थापन विभागले पठाएको जनाएको छ । यो कार्यालयले टेक्सासका गभर्नर ग्रेग एबटको कार्यालयको निर्देशन अनुशार काम गर्छ । एबटको कार्यालयले यसबारे कुनै प्रतिकृया दिएको छैन ।

तीनवटा बसहरू दक्षिणी सिमानामा रिपब्लिकन गभर्नरहरूले डेमोक्र्याटिक नेतृत्वको सहरहरूमा पठाएका पछिल्ला बसहरु जस्तै थिए । नेभल अब्जर्भेटरीको मैदानमा उपराष्ट्रपति ह्यारिसको घर नजिकै छाडिएका उनीहरूलाई कम्बल दिइएको थियो र अर्को बसमा राखेर स्थानीय चर्चमा लगिएको थियो ।
टेक्सासका गभर्नर एबटले वाशिंगटन, न्यूयोर्क र शिकागो जस्ता ठाउँहरूमा राजनीतिक सन्देश पठाउँदै अप्रिलदेखि बसहरू चार्टर गर्न थाल्ने घोषणा गरेका थिए । गत हप्ता राष्ट्रपति बाइडेनलाई लेखेको पत्रमा एबटले राष्ट्रपतिको सीमा नीतिको आलोचना गर्दै यो आगमनले आप्रवासीहरूलाई शहरको सडकमा चिसो हुने जोखिममा छोडेको बताएका थिए ।

बुधबार टेक्सास सीमानामा हजारौं कागपत्रविहिन आप्रवासीहरू पर्खिरहेका थिए, जब टाइटल ४२ नामको नीतिको म्याद सकिने वाला थियो । यद्यपि सर्वोच्च अदालतले यो स्वास्थ्य आदेशलाई कम्तिमा केही दिनसम्म कायम राख्दै राख्ने आदेश दिएको छ ।
ह्वाइट हाउसले क्रिसमस डेमा एक विज्ञप्तिमा आप्रवासीहरूलाई वाशिंगटनमा छाडिएको कामको निन्दा गरेको छ। ह्वाइट हाउसका प्रवक्ता अब्दुल्लाह हसनले गभर्नर एबोटले कुनै पनि संघीय वा स्थानीय अधिकारीहरूसँग समन्वय नगरी क्रिसमसको पूर्वसन्ध्यामा जमेको तापक्रममा बालबालिकाहरूलाई सडकको छेउमा छाड्नु एक क्रूर, खतरनाक र लाजमर्दो स्टन्ट रहेको बताएका छन् ।

प्रशासनले बारम्बार सीमा सुरक्षा र अध्यागमन सुधारमा दुबै पक्षसँग काम गर्ने बताएको तथा यी राजनीतिक खेलहरूले केही हासिल नगर्ने र जीवनलाई मात्र खतरामा पार्ने हसनले बताएका छन् ।






