मेस्सी भन्छन् -विश्व च्याम्पियनका रुपमा अर्जेन्टिनाको टिमबाट अझै केही खेलको मजा लिन चाहन्छु


प्रकाशित मिति : पुस ३, २०७९ आईतबार

(221218) — LUSAIL, Dec. 18, 2022 (Xinhua) — Lionel Messi of Argentina celebrates scoring a penalty kick during the Final between Argentina and France at the 2022 FIFA World Cup at Lusail Stadium in Lusail, Qatar, Dec. 18, 2022. (Xinhua/Cao Can)

अन्ततः पहिलो पटक विश्वकपको उपाधि जितेपनि अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी अर्जेजिन्टाको राष्ट्रिय टिमबाट तत्काल टाढा नजाने भएका छन् ।

आइतवार लुसेल स्टेडियममा भएको फाइनलमा अर्जेन्टिनाले फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४ २ ले हराएपछि फुटबलका महान खेलाडीले एक प्रमुख ट्रफी उचाले । खेल अतिरिक्त समयमा ३ ३ को बराबरीमा सकिएपनि मेस्सीले दुई गोल गरेर खेललाई पेनाल्टीलाई सुटआउटमा परिणत गरेका थिए ।

३५ बर्षीय मेस्सीको सम्भवतः फुटबलको सबैभन्दा ठूलो खेलमा अन्तिम उपस्थिति हो । तर उनले खेल पछि पुष्टि गरे कि उनी राष्ट्रिय टोलीबाट अझै केही खेल खेल्न चाहन्छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मेस्सीले भने – ‘स्पष्ट रूपमा म यहीबाट करियर पूरा गर्न चाहन्थें। मेरो थप चाहना छैन । मेरो करियर यसरी समाप्त गर्नु ने प्रभावशाली छ। मसँग कोपा अमेरिका छ । एक विश्वकप छ। तर मलाई फुटबल मन पर्छ । मलाई राष्ट्रिय टोली समूहको हिस्सा हुन रमाइलो लाग्छ । म विश्व च्याम्पियन भएर अझै केही खेलको आनन्द लिन चाहन्छु।’

मेस्सीले सात पटक विश्वकै उत्कृष्ट खेलाडीको बालोन डी’ओर अवार्ड जितेका छन् । उनले पूर्व क्लब बार्सिलोनाबाट चार पटक च्याम्पियन्स लिग पनि जितेका छन्, तर सबैभन्दा ठूलो पुरस्कार विश्वकप हो।

मेस्सीले भने – ‘विश्वकपको सपना यसरी अचम्म तरिकाले वास्तविकता बन्यो। म यसको लागि धेरै भोको थिएँ । मलाई थाहा थियो कि भगवानले मलाई यो उपहार दिनेछन् । धेरै समय लाग्यो । तर हामी सफल भयौं । हामीले धेरै कष्ट भोग्यौं, तर हामीले सफलता हासिल गरेका छौं ।’

अर्जेन्टिनाका प्रशिक्षक लियोनेल स्कालोनीले भने – ‘यदि उनी खेलिरहन चाहन्छन् भने उनी हामीसँग हुन सक्छन्। उनी हामीसँग बस्न चाहनेबारे निर्णय गर्ने अधिकार उनीसँग बढी छ। उनको प्रशिक्षक बन्न पाउनु ठूलो खुशीको कुरा हो ।’

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com