अर्जेन्टिनाले विश्वकप जितेपछिका रोचक तस्वीरहरु


प्रकाशित मिति : पुस ३, २०७९ आईतबार

अर्जेन्टिनाले ३६ बर्षपछि विश्वकप जितेपछिको माहौल हेर्न लायक थियो । खेल बराबरी भएपछि फ्रान्सलाई पेनाल्टी शुटआउटमा पराजित गर्दै अर्जेन्टिनाले विश्वकप जितेपछिका केही रोचक तस्वीरहरु । कभरमा अर्जेन्टिनाका लियोनेल मेस्सी आफ्नी पत्नी एन्टोनेला रोकुज्जोसँग विश्वकप फुटबलको फाइनल खेलमा अर्जेन्टिनाले फ्रान्स विरुद्ध जित हासिल गरेपछि उत्सव मनाउँदै।

 

अर्जेन्टिनाका लियोनेल मेस्सी विजयी ट्रफी बोकेर साथीहरूसँग खुसी मनाउँदै

 

मेस्सी अर्जेन्टिना र फ्रान्सबीचको विश्वकप फुटबलको फाइनल खेल जितेर आफ्नो परिवारसँग खुसी मनाउँदै।

 

कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले अर्जेन्टिनाका लियोनेल मेस्सीलाई सम्मान गर्दै

 

अर्जेन्टिनाका गोलकिपर एमिलियानो मार्टिनेज आफ्नो परिवारसँग ।

 

अर्जेन्टिनाका लाउटारो मार्टिनेज ट्रफीका साथमा

 

अर्जेन्टिनाका लियोनल मेस्सीलाई बधाई दिदै फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले फिफा अध्यक्ष जियानी इन्फान्टिनो र कतारका अमिर शेख तमिम बिन हमाद अल थानी ।

 

मेस्सीलाई अर्जेन्टिना फुटबल संघका अध्यक्ष क्लाउडियो तापियाले अँगालो हाले

 

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन मेस्सीसँग हात मिलाउँदै।

 

मेस्सी खेल जितेर आफ्नो परिवारसँग

 

कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले अर्जेन्टिनाका लियोनल मेस्सीलाई उत्कृष्ट खेलाडीको लागि गोल्डेन बल प्रदान गर्दै ।
© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com