विश्वकपको गोल्डेन बुट एमबाप्पेलाई, एउटै सिजनमा सर्वाधिक गोल गर्नेमा संयुक्त कीर्तिमान


प्रकाशित मिति : पुस ३, २०७९ आईतबार

विश्वकप अर्जेन्टिनाले जितेपनि गोल्डेन बुट भने फ्रान्सका केलियन एमबाप्पेले जितेका छन् । विश्वकपमा सर्वाधिक गोलकर्तालाई दिइने गोल्डेन बुट एमबाप्पेले नै जितेका छन् ।

उनले सर्वाधिक ८ गोल गर्दै गोल्डेन बुट जितेका हुन् । एमबाप्पेले फाइनलमा सबै ३ गोल गरेका थिए ।

सन् २००२ मा ब्राजिलका स्ट्राइकर रोनाल्डोले ८ गोल गरेपछि कुनै पनि खेलाडीले विश्वकपमा ६ भन्दा बढी गोल गरेका थिएनन । एमबाप्पेले अब रोनाल्डोसँगै संयुक्त कीर्तिमान बनाएका छन् ।

 

यसपटकको विश्वकपमा मेस्सीले कुल ७ गोलमात्र गरेका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com