एमबाप्पेले गरे २ गोल, कुल गोल संख्यामा मेस्सीलाई उछिने, खेल बराबरीमा


प्रकाशित मिति : पुस ३, २०७९ आईतबार

TOPSHOT – France’s forward Kylian Mbappe kicks the ball during a training session at the Jassim-bin-Hamad Stadium in Doha on December 2, 2022, during the Qatar 2022 World Cup football tournament. (Photo by FRANCK FIFE / AFP)

फ्रान्सका केलियन एमबाप्पले २ गोल गर्दै अर्जेन्टिनासँगको खेल बराबरीमा ल्याएका छन् भने कुल गोल संख्यामा मेस्सीलाई उछिनेका छन् । मेस्सीले कुल ६ गोल गरेकोमा एमबाप्पलेले ७ गोल गरेका छन् ।

पहिलो गोल पेनाल्टीमार्फत गरेका एमबाप्पेले लगत्तै दोश्रो गोल गरेका हुन् ।

अहिलेसम्म विश्वकपको एउटै सिजनमा सबैभन्दा धेरै गोल भने ब्राजिलका रोनाल्डोले गरेका थिए । उनले ८ गोल गरेका थिए ।

एमबाप्पेले क्लब फुटबलमा सबैभन्दा ठूलो पुरस्कार च्याम्पियन्स लिग जित्न नसकेतापनि उनले अन्तर्राष्ट्रिय खेलमा आँधीबेहरी ल्याएका छन् । उनी २३ वर्षको उमेरमा ब्याक टू ब्याक विश्वकप जित्नबाट एक जित टाढा छन् । उनले दुईवटा विश्वकप जितेर पेलेको उपलब्धिको अनुकरण गर्न सक्छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

एमबाप्पले फुटबलको पछिल्लो सुपरस्टार हुन्, जसले मेस्सी र क्रिस्टियानो रोनाल्डोको १५ वर्षको वर्चस्व पछि खेलमा प्रतिभाको नयाँ लहरको नेतृत्व गर्दछन् । एम्बाप्पेले विश्वकप जितेमा वास्तविक रुपमा नयाँ उत्तराधिकारी जन्मिएको क्षण मानिनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com