लियोनल मेस्सीको क्रेज ! अर्जेन्टिनाको जर्सीको बिक्री विश्वव्यापी, धेरै देशहरूमा स्टक सकियो


प्रकाशित मिति : पुस २, २०७९ शनिबार

फिफा विश्वकप २०२२ को फाइनल खेल आइतबार हुँदैछ । अर्जेन्टिना र फ्रान्सको टोली आमनेसामने हुनेछन्, जो तेस्रो उपाधि जित्न मैदानमा छन् । नेपाल लगायत धेरै देशमा फाइनलको धेरै क्रेज छ र समर्थकहरुले अर्जेन्टिनाका लियोनल मेस्सीको नाम पुकारिरहेका छन्, किनकि यो उनको अन्तिम विश्वकप फाइनल हुन लागेको छ । फाइनलअघि अर्जेन्टिनाको जर्सीको माग विश्वभर बढेको छ ।

जर्सी बनाउने कम्पनी एडिडासले एक विज्ञप्ति जारी गर्दै विश्वमा अर्जेन्टिनाको जर्सी किन्ने क्रेज देखिएकाले कतिपय देशमा स्टक लगभग सकिएको अवस्था रहेको बताएको छ ।

रोयटर्सको रिपोर्टका अनुसार एडिडासका प्रवक्ताले विश्वभर अर्जेन्टिनाका जर्सी र किट्सको माग अचानक बढेको जानकारी दिएका छन् । जसका कारण कतिपय स्थानमा स्टक घटेको छ । ‘कतै पनि स्टक सकिएन भनेर हामी निरन्तर प्रयासरत छौँ ।’ एडिडास अर्जेन्टिनाको आधिकारिक प्रायोजक हो, यो विश्वको सबैभन्दा ठूलो स्पोर्ट्स ब्रान्ड पनि हो। य

स्तो अवस्थामा उनको जर्सी र किटको संसारभर धेरै माग छ । २०१८ रसिया विश्वकपको तुलनामा यसपटक माग बढी रहेको कम्पनीले जनाएको छ, यो झन्डै ३० प्रतिशत रहेको छ ।

जर्मनी विश्वकपबाट बाहिरिएपछि कम्पनीको बिक्री घट्ने डर बजारमा थियो तर त्यसो भएन । कम्पनीले विश्वकपमा करिब ४२ करोड ५० लाख डलरको बिक्री गरेको छ । विश्वकपमा सात टोली थिए जसको प्रायोजक एडिडास थियो, जसमध्ये ३ टोली नकआउट चरणमा पुगेका थिए।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com