गोल्डेन बुटको दौडको अग्रस्थानमा मेस्सी र एमबाप्पे, कसको पोल्टामा पर्ला ?


प्रकाशित मिति : पुस २, २०७९ शनिबार

कतारमा भइरहेको फिफा विश्वकपको फाइनल खेल आईतबार हुँदै छ । यस सिजनको अन्त्य अर्जेन्टिना र फ्रान्सबीचको फाइनल खेलबाट हुनेछ । फिफा विश्वकपको विजेता टोलीले पक्कै पनि चम्किलो ट्रफी पाउनेछ । यससँगै गोल्डेन बुट, गोल्डेन ग्लोभ्स र गोल्डेन बल जस्ता अवार्ड पनि प्रदान गरिने छ, जसका लागि खेलाडीबीच कडा प्रतिस्पर्धा छ ।

प्रतियोगिताको सबैभन्दा प्रतिष्ठित अवार्ड गोल्डेन बुट हो, जुन सर्वाधिक गोलकर्तालाई दिइन्छ। यस अवार्डको विजेतालाई सुनको जुत्ता दिइनेछ । फ्रान्सेली स्टार फुटबलर केलियन एमबाप्पे र अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी अहिले गोल्डेन बुटको दौडमा अग्रस्थानमा छन् । मेस्सी र एमबाप्पेले अहिलेसम्म ६ खेलमा ५ गोल गरेका छन् । अर्जेन्टिनाका जुलियन अल्भारेज र फ्रान्सका ओलिभर गिरोड पनि ४–४ गोलका साथ गोल्डेन बुटको दौडमा छन् ।

गोल्डेन बल अवार्ड फिफा विश्वकपको उत्कृष्ट खेलाडीलाई दिइन्छ । यो अवार्ड जित्ने खेलाडीले सुनको बल पाउनेछन् । विशेष कुरा, पछिल्ला ६ विश्वकपमध्ये पाँचमा फाइनल खेलमा पराजित भएका खेलाडीलाई गोल्डेन बल दिइएको थियो ।

यस्तो अवस्थामा यसपटक पनि उपविजेता टोलीका खेलाडीले गोल्डेन बल पाउने अपेक्षा गरिएको छ । यदि फ्रान्सेली टोली फाइनलमा पराजित भयो भने केलियन एमबाप्पे, एन्टोइन ग्रिजम्यान र ओलिभर जिरोड जस्ता खेलाडीहरू गोल्डेन बलको दावेदार हुनेछन्। अर्कोतर्फ, अर्जेन्टिनाको टोली पराजित भएमा लियोनेल मेस्सी, जुलियन अल्भारेज जस्ता खेलाडीहरू यस प्रतिष्ठित अवार्डको दौडमा हुनेछन् ।

गोल्डेन ग्लोभ्सको सबैभन्दा ठूलो दावेदार मोरक्कन खेलाडी यासिन बोनो हुन्। बोनोको गोलकिपिङका कारण विपक्षी टोलीले मोरक्कोविरुद्ध दुई गोल मात्र गर्न सकेको थियो । यसका अलावा डोमिनिक लिभकोभिक, एमी मार्टिनेज र ह्युगो लोरिस पनि यो अवार्डको दौडमा छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com