अमेरिकामा आवारा बिरालोलाई खाना खुवाएर खशी पार्न खोज्ने २ महिलालाई सजाय


प्रकाशित मिति : पुस २, २०७९ शनिबार

white and brown cat on green grass during daytime

अमेरिकाको अलाबामाका दुई महिलाहरूलाई आवारा बिरालाहरूलाई खाना खुवाएको र उनीहरुलाई खशी पार्नका लागि फसाएको अभियोगमा जेल सजाय र जरिवानाको फैसला सुनाइएको छ । आवारा बिरालोहरुको संख्या कम गर्नको लागि उनीहरुलाई खशी पार्न खोजेको अभियोग ती महिलाहरुमाथि लगाइएको छ ।

८५ बर्षीया वेवर्ली रोबर्टस र ६१ बर्षीया मेरी एलस्टनलाई कार्यान्वयन गर्न नपर्ने १० दिनको जेल सजाय, एक एक सय डलर जरिवाना, दुई वर्षको निरिक्षण नगरिने प्यारोलको सजाय सुनाइएको हो । आफूहरुले आवारा बिरालाहरूलाई खुवाउन लागेको र शहरले समाधान गर्न नसक्ने आबारा बिरालोको समस्या समाधान गरिरहेको रोबर्टसको भनाई छ ।

साढे पाँच घन्टाको सुनुवाइपछि महिलाहरूलाई कैयन दुब्वर्यहारमा दोषी ठहर गरिएको थियो। अधिकारीहरूले अदालत नजिकै जंगली बिरालाहरूलाई खुवाउने गरेको उनीहरुमाथि आरोप लगाएका थिए । जसले गर्दा हजारौं डलरको सम्पत्ति नोक्सान भएको अधिकारीहरुको दाबी थियो ।

man in blue jacket and black pants walking on sidewalk with brown and white dog
आबारा बिरालाहरुलाई खुवाउदै एक व्यक्ति ।

मेयर जेरी विलिसले वेटुम्पका काउन्टीको स्वामित्वमा रहेको सम्पत्तिमा अधिकारीहरूलाई बोलाएपछि ती महिलाहरूलाई जुन २५ मा पक्राउ गरिएको थियो। अफिसर ब्रेन्डन फोस्टरले आफूहरु त्यहाँ पुग्दा अल्स्टनले बिरालोको खानाको क्यान बोकेको भेट्टाएको बताएका थिए

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनीहरुले जंगली बिरालोहरू फसाउँदै गरेको प्रहरीलाई बताएका थिए । तर प्रहरीले त्यसो नगर्न चेतावनी दिदै सार्वजनिक सम्पत्तिमा प्रवेश गरेर बिरालाहरु फसाउँदा पक्राउ गर्ने चेतावनी दिएका थिए । आफूहरुलाई बिरालोलाई खुवाउदा तीनवटा गाडीमा प्रहरीहरु आएको र त्यसले आफू अचम्म परेको एलस्टनले बताइन् ।

रोबर्ट्सलाई पहिले गिरफ्तार गरिएको थियो, किनकि अधिकारीहरूले पहिले उनलाई बिरालाहरूलाई खुवाउनको लागि सरकारी सम्पत्तिमा अनाधिकृत रुपमा प्रवेश गरेको आरोप लगाएका थिउ । त्युपछि अल्स्टनलाई पक्राउ गरिएको थियो जब उनले रोबर्ट्सको गिरफ्तारीको बिरूद्ध बोलिन् ।

दुई महिलाको सजायले राष्ट्रिय पशु अधिकार संगठनहरूको ध्यानाकर्षण गरेको छ, जसले जंगली बिरालाहरूलाई पासोमा पारेर खशी पार्नु बिरालोको समस्यालाई रोक्न सफल तरिका भएको बताउँछन् । एली क्याट एलिजका लागि कार्यक्रम निर्देशक एलिस बर्टनले ती महिलाहरु असल भएकाले हथकडी लगाउने होइन ताली बजाउनुपर्ने बताइन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com