ट्विटरले पत्रकारको खाता निलम्बन गरेपनि संयुक्त राष्ट्र र ईयूको विरोध, ट्विटरमा प्रतिबन्ध लगाउने चेतावनी


प्रकाशित मिति : पुस १, २०७९ शुक्रबार

Photo by Khasokhas

युरोपियन युनियनपछि अब संयुक्त राष्ट्र संघले पनि ट्वीटरमा केही पत्रकारको खाता निलम्बन गर्ने निर्णयको विरोध गरेको छ । ट्विटरले न्युयोर्क टाइम्स, सीएनएन र वासिङ्टन पोस्टका पत्रकारको खाता बन्द गरेको छ ।

संयुक्त राष्ट्र संघले मिडिया स्वतन्त्रता ‘कुनै खेलौना’ नभएको ट्वीट गरेको छ जबकि युरोपेली संघले ट्विटरमा प्रतिबन्ध लगाउने चेतावनी दिएको थियो।

ट्वीटरका एक प्रवक्ताले अमेरिकी प्राविधिक समाचार वेबसाइटलाई भने – ‘पत्रकारहरूको ट्विटर खाताहरू लोकेशन डाटाको लाइभ साझेदारीको लागि निलम्बन गरिएको छ।’

संयुक्त राष्ट्र संघका ग्लोबल कम्युनिकेसन्सका उप-महासचिव मेलिसा फ्लेमिङले ट्वीटरबाट पत्रकारहरूलाई “मनमाना” निलम्बन गरिएको खबरले आफू “गहिरो चिन्तित” भएको बताइन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनले भनिन् , ‘मिडिया स्वतन्त्रता खेलौना होइन । स्वतन्त्र प्रेस लोकतान्त्रिक समाजको आधारशिला हो र हानिकारक विकृति विरुद्धको लडाईमा महत्त्वपूर्ण भूमिका खेल्छ।”

यसअघि शुक्रबार युरोपेली युनियन कमिसनरले ट्विटरलाई युरोपको नयाँ डिजिटल सेवा ऐन अन्तर्गत प्रतिबन्ध लगाउने चेतावनी दिएका थिए।

उनले यस ऐनअन्तर्गत ‘मिडियाको स्वतन्त्रता र आधारभूत अधिकारको सम्मान आवश्यक रहेको बताए । एलोन मस्कलाई यसको बारेमा थाहा हुनुपर्छ।

एलोन मस्कले यस विषयमा सीधै बोलेनन् तर ट्विटमा भनेका छन्, “दिनभर मेरो आलोचना गर्नु एकदमै राम्रो हो तर मेरो वास्तविक स्थानको बारेमा बताउन र मेरो परिवारलाई खतरामा पार्नु ठीक होइन।”

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com