अमेरिकाको यो सिटीमा बसाई सरेर तोकिएको जागिर खानेलाई २५ हजारको बोनस चेक


प्रकाशित मिति : पुस १, २०७९ शुक्रबार

अमेरिकाको एउटा सहरले नयाँ बासिन्दाहरूलाई आकर्षित गर्ने प्रयास गरिरहदा १५ हजार डलरसम्मको बोनस चेकहरू उपलब्ध भएका छन् ।
टेनेसीको मेम्फिसले बसाई सराई गर्नका लागि प्रतिभा आकर्षित गर्न नगद सहयोगको अफर गर्ने पछिल्लो शहर हो।

यहाँ प्रहरी र अग्निनियन्त्रकहरूका रुपमा भर्ती हुनेलाई ५ हजार डलरदेखि १५ हजार डलरसम्मको बोनस अफर गरिएको छ । सिटीका अधिकारीहरूले प्रहरीमा भर्ना हुने योग्यलाई १५ हजार डलरसम्मको साइन अन बोनस र १० हजार डलरसम्मको बसाईसराई सहायताको प्रस्ताव गरेका छन् ।

focus photography of person counting dollar banknotes

फायर फाइटरका लागि बोनस ५ हजार र बसाई सराई भुक्तानी ५ हजार डलर रहेको छ । भुक्तानीहरू प्राप्त गर्नको लागि नयाँ कामदारहरूकम्तीमा चार वर्षसम्म सिटीमा बस्न आवश्यक छ अन्यथा उनीहरूले पैसाको केही अंश फिर्ता गर्नुपर्नेछ।

यो रकम अमेरिकी उद्धार योजना ऐनबाट बचेको रकमबाट आउनेछ । मेम्फिसले ​​संघीय सरकारबाट १६१ मिलियन डलर प्राप्त गरेकोमा सिटीले बोनस कार्यक्रमका लागि तीन वर्षमा साढे १३ मिलियन छुट्याएको छ ।

मेम्फिसले बोनस घोषणा गरेदेखि १६० फायर फाइटर र १८० प्रहरी अधिकारीहरू ल्याएको छ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com