बाइडेनले प्रशासनले भण्डारमा राख्न ३० लाख ब्यारल तेल किन्ने


प्रकाशित मिति : पुस १, २०७९ शुक्रबार

बाइडेन प्रशासनले रणनीतिक पेट्रोलियम भण्डारको लागि ३ मिलियन ब्यारल कच्चा तेल किन्ने घोषणा गरेको छ । गत वर्षको अवधिमा भण्डारणबाट लगभग २ सय मिलियन ब्यारेल तेल बिक्री पछि बाइडेन प्रशासनले यस्तो घोषणा गरेको हो ।

यो घोषणाले फेब्रुअरीमा रूसले युक्रेनमा आक्रमण गरेपछि बढेको तेलको मूल्यलाई कम गर्न रिजर्भबाट तेलको बिक्री प्रयोग गर्ने प्रशासनको प्रयासको अन्त्यको संकेत देखिन्छ। अमेरिका र विश्वव्यापी तेलको मूल्य शुक्रबार दिउँसो प्रति ब्यारेल ७४ डलर २९ सेन्टसमा स्थिर भएको थियो ।

खुद्रा पेट्रोलको मूल्य पनि गतबर्षको तुलनामा घट्दै गएको छ । पेट्रोलको मूल्य प्रति ग्यालनमा राष्ट्रिय औसतमा ३ डलर १८ सेन्टस रहेको छ । यो मूल्य राज्य अनुशार फरक फरक रहेको छ ।

अमेरिकामा प्राकृतिक प्रकोप, युद्ध वा अन्य भूराजनीतिक समस्याहरूको कारणले गर्दा हुने आपूर्ति अभावबाट अमेरिकालाई बचाउनको लागि तेलको भण्डारण गर्न थालिएको हो । सन् १९७५ पछि अमेरिकी संसदले यस्तो भण्डारणको श्रृजना गरेको हो । सन् १९९० र ९१ को इराक कुवेत संकट, सन् २००५ को हरिकेन क्याट्रिना र २०११ को अरब आन्दोलन लगायतका बेलामा अमेरिकामा भण्डारणबाट तेल प्रयोग गरिएको छ ।

तीन मिलियन ब्यारेल तेलले अमेरिकी दैनिक मागको लगभग १५ प्रतिशत मात्र प्रतिनिधित्व गर्दछ । युक्रेनमा रुसी युद्ध सुरु भएदेखि बाइडेन प्रशासनले रिजर्भबाट बेचेको १८० मिलियन ब्यारेल तेलको तुलनामा यो एकदम थोरै हो । बाइडेन प्रशासनले अक्टोबरमा ६७ डलर देखि ७२ डलर प्रति ब्यारेलमा रिजर्भ पुनःपूर्ति गर्न सुरु गर्ने बताएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com