अमेरिकामा मेगा मिलियन ज्याकपट ४ सय २९ मिलियन डलर, आज खोलिदै


प्रकाशित मिति : पुस १, २०७९ शुक्रबार

अमेरिकामा मेगा मिलियन लोटरी ४ सय २९ मिलियन डलर पुगेको छ । मंगलबार पनि कसैलाई नपरेपछि आज शुक्रबार खोलिने मेगा मिलियन लोटरी ४ सय २९ मिलियन डलर पुगेको हो ।

मेगा मिलियन चिठ्ठा अमेरिकाका ४४ वटा राज्यहरुमा खेल्न सकिन्छ । साथै वासिंटन डिसी र युएस भर्जिन आइल्याण्डमा पनि खेल्न सकिन्छ ।

100 US dollar banknotes

मेगा मिलियन हरेक मंगलबार र शुक्रबार न्युयोर्क समय अनुशार राती ११ बजे खोलिन्छ । यसको ज्याकपटक जित्नका लागि ३०२ मिलियन टिकटबीच सबैभन्दा धेरै भाग्यशाली हुन जरुरी छ । यो टिकटको मूल्य २ डलर रहेको छ । खेल्ने व्यक्तिले १ देखि ७० भित्रका ५ वटा नम्बर र १ देखि २५ भित्रको एउटा नम्बर छनौट गर्नुपर्छ ।

यस अगाडि अमेरिकामा पावरबल २ बिलियन डलर पुगेको थियो । उक्त पावरबल ज्याकपट लोटरी क्यालिफोर्नियाका व्यक्तिले जितेका थिए । तर अहिलेसम्म कसैले पनि उक्त टिकट दावी गर्न आएको छैन ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com