आगामी बर्षदेखि न्युजर्सीबाट न्युयोर्क आउन थप शुल्क तिर्नुपर्ने


प्रकाशित मिति : पुस १, २०७९ शुक्रबार

buildings near body of water landscape photography

आगामी बर्षदेखि न्युयोक सहरमा आउन अब तपाईले थप रकम तिर्नुपर्ने भएको छ । मुद्रास्फीतिको निर्णयलाई आधार बनाएर पोर्ट अथोरिटी अफ न्यूयोर्क र न्यु जर्सी क्रसिङहरूमा टोल वृद्धिका लागि आगामी वर्ष २०२३ को बजेटको रूपमा स्वीकृत गरिएको छ।

अफ पिक घण्टामा ईजीपास टोल ११ डलर ७५ सेन्टसबाट १ डलर बढाएर १२ डलर ७५ सेन्टस बनाइनेछ । पिक घण्टामा ईजीपास टोल १३ डलर ७५ सेन्टसबाट १ डलर बढाएर १४ डलर ७५ सेन्टस बनाइनेछ । यदि ईजीपासबाट तिर्नुभएन भने घरमा आउने टोलको बिल १६ डलरबाट बढाएर १७ डलर बनाइनेछ ।

एजेन्सीले सुरुमा नोभेम्बरमा टोल बढाउन खोजेको थियो। तर अब सन् २०२३ को जनवरी ८ आइतबारदेखि टोल बढाइने भएको छ । लिंकन टनेल हालै नगदरहित टोलहरूमा स्विच गरिएका पोर्ट अथोरिटीका क्रसिङहरू मध्ये छैटौं र अन्तिम बनेको छ ।

नयाँ प्रणाली अन्तरगत या त ईजी पासबाट टोल तिर्नुपर्छ या त तपाईंको लाइसेन्स प्लेटको फोटो खिचेपछि हुलाकबाट बिल पठाइन्छ । हुलाकबाट पठाउने बिल केही महँगो रहेको छ ।

न्यु जर्सीका सांसद जोश गोथाइमरले यदि कन्जेजन शुल्क ल्याइएमा संघीय कोषलाई एमटीएमा जानबाट रोक्न बिल ल्याउने चेतावनी दिएका छन् ।
कन्जेसन मूल्य निर्धारण प्रस्ताव अन्तर्गत कारहरू ६० औं स्ट्रीट मुनिबाट म्यानहट्टन प्रवेश गर्न २३ डलर सम्म शुल्क लगाउन सकिन्छ।

योजनाका समर्थकहरूले ट्राफिक कम गर्न, प्रदूषण कम गर्न र धेरै मानिसहरूलाई सामूहिक ट्रान्जिट लिन प्रोत्साहित गर्न मद्दत गर्ने दावी गरेका छन् । यद्यपि न्यु जर्सीमा बस्नेहरूले यो योजना अनुचित भएको र गार्डेन स्टेटमा बस्ने मानिसहरूलाई दोहोरो कर लगाइने बताएका छन्।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com