अमेरिकामा सन् २०२२ मा अनलाइनबाट सबैभन्दा धेरै अर्डर गरिएका खानाहरू


प्रकाशित मिति : मंसिर २९, २०७९ बिहीबार

ग्रबहबले २०२२ मा आफ्ना ग्राहकहरुले सबैभन्दा धेरै अर्डर गरेका खानाको सुची प्रकाशित गरेको छ । खाना डेलिभर गर्ने यो सेवाले अमेरिकामा खाना अर्डर गर्ने प्रवृत्ति र खाने बानीहरूमा सन्दर्भमा आफ्नो वार्षिक प्रतिवेदन सार्वजनिक गरेको हो ।

सबैभन्दा धेरै अर्डर बुरितोको गरिएको जनाइएको छ । सन् २०२१ मा बुरितो आठौं नम्बरमा रहेको थियो । यो मेक्सिकन खाना सन् २०२२ मा ४० लाखभन्दा बढीपटक अर्डर गरिएको थियो ।

 

roti and meat slices with sauce on plate

बुरितो सबैभन्दा धेरै अर्डर गरिएका कारण चिपोट्ले ले डिसेम्बर ३१ सम्म ग्रबहब प्लसमा २० डलरभन्दा माथिको अर्डर गर्नेहरुका लागि ५ डलर छुट दिएको छ ।

सबैभन्दा धेरै अर्डर गरिनेमा दोश्रोमा चीजबर्गर, तेश्रोमा पनीर पिज्जा, चौथोमा प्याड थाई, पाँचौंमा चिकेन क्वेसाडिला, छैठौंमा क्यालिफोर्निया रोल, सातौंमा फ्राइड चिकन स्यान्डविच, आठौंमा सीजर सलाद, नवौंमा चिकन टिक्का मसाला र दशौंमा हड्डीविहीन चिकेन वींग रहेका छन् ।

वर्षको शीर्ष ब्रेकफास्ट अर्डरहरू ससेज, अण्डा र चीज स्यान्डविच, डोनट्स, सॉसेज बुरिटो, क्रीम चीजको साथ बेगल र मफिनहरू छन् । त्यस्तै मादक पदार्थमा सबैभन्दा धेरै बियर र त्यसपछि मार्गारीटा, हट शेक, पिनाकोलाडा र ह्वाइट वाइन रहेको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com