एसियाली भाषाको खिल्ली उडाउने अमेरिकाको युनिभर्सिटीका कुलपतिले मागे माफी


प्रकाशित मिति : मंसिर २९, २०७९ बिहीबार

अमेरिकाको इन्डियानाको पर्ड्यू युनिभर्सिटी प्रणालीका कुलपतिले एक समारोहमा एसियाली भाषाका सन्दर्भमा अपमानजनक र असंवेदनशील टिप्पणी गरेकोमा बुधबार माफी मागेका छन् । समारोहमा उनले एसियाली भाषाहरूका वक्ताहरूको नक्कल गरेका थिए ।

पर्ड्यू युनिभर्सिटी नर्थवेस्टका कुलपति थोमस एल केओनले शनिबार एक ग्रयाजुएसन समारोहमा एसियाली भाषाको नक्कल गर्ने उद्देश्यले बोलेका थिए। स्थानीय रेडियो होस्ट जेम्स डेडेलोको अघिल्लो भाषणको सन्दर्भमा केओनले उनले आफ्नो एसियाली संस्करणको प्रकार भन्दै नक्कले गरेर बोल्ने प्रयास गरेका थिए ।

उनको टिप्पणीको भिडियोविरुद्ध आक्रोशित प्रतिक्रियाहरू आएपछि केओनले माफी मागेका छन् । उनले आफ्नो प्रतिकृया अनियोजित रहेको उल्लेख गर्दै माफी मागेका छन् । आफ्ना शब्दहरूले भ्रम, पीडा र क्रोध उत्पन्न गरेकोमा उनले माफी मागेका हुन् ।

केओनले भविष्यमा यस्ता गल्तीहरू हुन नदिने प्रतिज्ञा गरेका छन् । उनले स्वागतयोग्य वातावरण र संस्कृति तथा विद्यार्थी निकायमा बढ्दो विविधतालाई प्रोत्साहित गर्ने लक्ष्य राखेको स्कूल टास्क फोर्सको गठनबारे पनि उल्लेख गरे ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनले भनेका छन् – ‘हामी सबै मानव हौं। मैले गल्ती गरें, र म तपाईंलाई आश्वस्त गर्दछु कि मैले चोट पुर्याउने उद्देश्य राखेको छैन र मेरो टिप्पणीहरूले मेरो व्यक्तिगत वा हाम्रो संस्थागत मूल्यहरू प्रतिबिम्बित गर्दैन ।’

एशियन अमेरिकन फाउन्डेसनले केओनले एसियाली अमेरिकी विद्यार्थीहरूलाई क्याम्पसमा आफ्नो सम्बन्ध र सुरक्षाको भावनालाई कमजोर पार्दै अपमान गरेको बताएको छ। फाउन्डेसनले एसियाली अमेरिकी र प्यासेफिक आइल्याण्डरहरुले सामना गर्ने समस्याहरूलाई सम्बोधन गर्न र अर्को घटनालाई रोक्नको लागि आफ्नो प्रतिबद्धता पूरा गर्न विश्वविद्यालयले बृहत् योजना प्रदान गर्ने अपेक्षा गरेको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com