यस वर्ष भारतको उच्च अदालतमा सबै भन्दा धेरै न्यायाधीश नियुक्त


प्रकाशित मिति : मंसिर २९, २०७९ बिहीबार

सन् २०२२ मा भारतका उच्च अदालतमा सबै भन्दा धेरै न्यायाधीश नियक्त भएका छन् । कानून तथा न्यायमन्त्री किरेन रिजिजुले बिहीबार बताएअनुसार यस वर्षमा बारतका विभिन्न उच्च अदालतहरूमा १६५ जना न्यायाधीश नियुक्त भएका छन् ।

राज्यसभामा एक प्रश्नको लिखित जवाफ प्रस्तुत गर्दै मन्त्री किरेन रिजिजुले सो बारे जानकारी दिएका हुन् ।

केन्द्रका अनुसार सरकारले सन् २०२२ मा डिसेम्बर ९ सम्म विभिन्न उच्च अदालतमा १६५ न्यायाधीश नियुक्त गरेको जुन एक वर्षको अवधिमा भएको नियुक्ति मध्ये अहिलेसम्मकै उच्च हो।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com