उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती विस्फोटमा दुई जनाको मृत्यु, नौ घाइते


प्रकाशित मिति : मंसिर २९, २०७९ बिहीबार

पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा आत्मघाती विस्फोटमा परी दुई जनाको मृत्यु हुनुको साथै अन्य नौ जना घाइते भएको सेनाले बिहीबार जानकारी दिएको छ ।

सेनाको सञ्चार शाखा इन्टर–सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर) ले एक विज्ञप्तिमा उक्त विस्फोट प्रान्तको उत्तरी वजिरिस्तान जिल्लाको मिरान शाह क्षेत्रमा बुधबार भएको बताएको छ ।

मृत्यु हुनेमा एक सैनिक र एक सर्वसाधारण रहेका जनाइएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com